आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्सामा मृतक युवतीसहित थप ७५ जनामा कोरोना संक्रमण पुष्टि

AuthorAP Khabar२०७७ श्रावण २५, आईतबार (३ साल अघि) ४२१ पाठक संख्या

बिरगंज ।अस्पतालले भर्ना नलिँदा ज्यान गुमाएकी २० वर्षीया युवतीसहत पर्सामा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृतक युवत र ९ जना प्रहरीसहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मृतक महिला वीरगञ्ज–२ छपकैया कि बासिन्दा हुन् । योसँगै साउन महिनामा मात्रै पर्सामा कोरोनाले ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । नारायणी अस्पतालका अनुसार १५ जना महिलासहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा वीरगन्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख अरुणकुमार महतो समेत छन । वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका एकजना कर्मचारीमा पनि कोरोना पोजिटिभ देखिएको छ । नारायणी अस्पतालका तीन जना कर्मचारीमा पनि संक्रमण देखिएको छ ।

कोरोना आशंकामा आफै परीक्षण गराउने एघार जनामा पनि संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ती जना बारा र एकजना सर्लाहीका हुन् । जिल्ला प्रहरी कार्यालय पर्साका ९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्साको पकाहामैनपुर गाउँपालिकाका दुई जनामा पनि कोरोना पुष्टि भएको छ । अमरपट्टीका ३ जना र बहुदरमाई नगरपालिका–७ का एकजनामा कोरोना देखिएको छ । साउनयता पर्सामा ८ सय ३८ नयाँ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस