आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गौर अस्पतालमा गर्भवती महिलाको सल्यक्रिया भगवान् भरोसे

अमित ठाकुर २०७७ भाद्र ७, आईतबार (३ साल अघि) ६५१ पाठक संख्या

रौतहट। नामको लागि मात्र रहेको जिल्ला अस्पतालमा गर्भवती महिला त सुत्केरी गराउन जाँनछिन तर डाक्टरले सल्यक्रिया भगवान् भरोसे गर्छन्।

रौतहट जिल्लामा एक मात्र रहेको जिल्ला अस्पतालको तीन तल्ले भवन हुँदा हुँदै अस्पतालमा भेन्डिलेटर र अासियु रुम नहुँदा गर्भवती महिलाको सल्यक्रिया पछि अाएको समस्यालाई समाधान गर्न समस्या हुने गरेको हो।

जिल्लामा १८ वटा पालिकाहरु हुँदाहुँदै पनि अस्पतालमा कुनै पालिकाको ध्यानाकर्षण नभएको स्थानीयहरुले बताउँछन्। अस्पताल बाहिरबाट रङ्ग रोग्ङ भई राम्रो देखेता पनि अस्पताल भित्र नो रिक्स नो टेन्सन जस्तो देखेको स्थानीयहरुले बताउँछन्।

लामो समय देखि चल्दै अाएको जिल्ला अस्पताल सुबिधा सम्पन्न नहुँदा स्थानीयहरु तथा गरिब बिपन्नहरु प्राईभेट अस्पताल तथा बाहिर उपचार गराउने गर्छन्।गत बर्ष अाएको अस्पताल बिकाशका रुपैयाँ राजनीतिक चलखेल गरि फ्रीज गराएको स्थानीयहरुले जनाएको हो।

अस्पतालमा राजनीतिक चलखेलकै कारण अस्पताल सुबिधा सम्पन्न नरहेको र बिस्तारै अस्पताल नो रिक्स नो टेन्सन बन्दै गएको स्थानीयहरुले जनाएको हो।

जिल्ला अस्पताल तीन तल्ने भवन भएता पनि प्रदेश सरकारबाट अाएको अनुदान रकममा नाला निर्माण सडक ढलाल, रङ्गरोग्ङ र कम्पाउन्डबाल निर्माणकार्य केही रकम खर्च गरेको र बाँकी रुपैयाँ राजनीतिक चलखेलका कारण फ्रीज भएको अस्पताल स्रोतबाट जानकारी भएको हो।

जिल्ला अस्पताल गौरका बर्सेनि कर्मचारीहरुको तलब,महङ्गीभत्ता,पोसाक भत्ता र अन्य भत्ता गरि २ करोड भन्दा बढी खर्च हुने र ब्यवस्थापन समितिका अध्यक्ष कक्षको एउटा कोठा ब्यस्थित गर्न ३ लाख भन्दा बढी रकम खर्च हुने तर रोगीहरु र सुत्केरी महिलाहरु गर्भपात गराउन जाँदा समस्या भएमा सल्यक्रिया भगवान् भरोसे गर्ने एक चिकित्सकले जनाएको हो।

अस्पताल ब्यवस्थापनका लागि प्रदेश सरकारले उपलब्ध गराएको रकमबाट पिसिअार मेसिन जडान न गरि उक्त रकम राजनीतिक चलखेल गरि फ्रीज गराएको र अहिले अाईसोलेसन बनाउन र अस्पतालमा पिसिअार मेसिन जडान गर्न प्रत्येक पालिकाबाट रु ५ लाखको दरले संकलन गरिरहेको स्थानीयले बताउँछन्।

अहिले समुदायमा कोरोनाको कहर त्यतिकै रहेको र सुत्केरी महिलाको भगवान् भरोसे सल्यक्रिया गरि पछि समस्या अाएमा ती सुत्केरी महिलाको लागि यहाँ सुबिधा नभएको कारण तपाईंहरु बाहिर लैजानुस।

प्रतिक्रिया दिनुहोस