आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शस्त्र प्रहरीको अर्को सफल्ता लाखौं रुपैयाँ सहित पुण्ह हुण्डी कारोबारी पक्राउ

अमित ठाकुर २०७७ भाद्र १२, शुक्रबार (३ साल अघि) ५२२ पाठक संख्या

रौतहट। रौतहट जिल्लामा लाखौं रुपैयाँ सहित पुण्ह हुण्डी कारोबारीलाई शस्त्र प्रहरीले पक्राउ गरेका छन्। लकडाउन जारी भए संगै भारतबाट नेपालमा हुण्डी कारोबारीको बिगबिगी भएका छन्।

 

रौतहटको ईशनाथ नगरपालिका वडा नंबर ९ लवतना टोलमा चेकजाँच गर्ने क्रममा ६ लाख ४० हजार रुपैयाँ सहित एक हुण्डी कारोबारी पक्राउ परेका छन्।

 

ईशनाथ नगरपालिका वडा नंबर २ अौरैया टोलका लक्ष्मण साहको १७ बर्षीय छोरा मनोज साहले हेलमेट भित्र लुकाई छिपाई ल्याई रहेको अवस्था पक्राउ परेको शस्त्र प्रहरी उपरीक्षक सुर्य बहादुर सेन अोलीले जनाएको हो।

 

शस्त्र प्रहरी बल ११ नंबर गन बाट प्रहरी उपरीक्षक अोलीको कमाण्ड खटि गएकाका बोर्डर अनुगमन टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ परेको शस्त्र प्रहरी उपरीक्षक अोलीले जनाएको हो। पक्राउ परेको साह संग ६ लाख ४० हजार रुपैयाँ सहित BR 30 टि 9208 नंबरको भर्तीय स्पेलेन्डर मोटरसाइकल पक्राउ परेको शस्त्र प्रहरी उपरीक्षक अोलीले जनाएको हो।

 

पक्राउ परेको साहलाई अवश्यक कार्वाहीका लागि गौर भन्सार पठाउने त्यारी भईरहेको शस्त्र प्रहरी उपरीक्षक अोलीले जनाएको हो।

प्रतिक्रिया दिनुहोस