आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आजबाट सिमरा पोखरा हवाई मार्गबाट जोडिदै, उद्धघाटनका लागी गण्डकि प्रदेशका पर्यटन मन्त्रि आउने

सुप्रिया ढकाल २०७८ भाद्र १६, बुधबार (२ साल अघि) ४८५ पाठक संख्या

बारा । ‘दीगो पर्यटनका लागि हवाइ कनेक्टिभिटी’ भन्ने मूल नाराका साथ आजदेखी सिमरा पोखरा उडान सुरु हुदैछ । हवाई मार्गमार्फत जोडिन लागेको सिमरा पोखराको आज हुने पहिलो उडानको उद्धघाटन गण्डकि प्रदेशका पर्यटन मन्त्रि मणिभद्र शर्माले गर्नुहुने भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनका लागी अति महत्वपूर्ण मानिएको यस हवाई कनेक्टिभिटिको पहिलो उडान आज दिउसो १ः१५ बजे हुदैछ । बुद्ध एयरले सिमरा पोखरा उडानका लागी सम्झौता गरेको हो ।

 

पहिलो पटक १८ सिट क्षमताको बुद्ध एयरको जहाज १९०० डि पोखराबाट सिमरा आउन लागेको हो । उक्त विमानमा शर्मासहित पर्यटन सम्बद्ध संघसंस्था तथा सरोकारवालाहरुलाई सिमरा विमानस्थलको बिषिश्ट कक्षमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।

स्वागतका लागी सिमरा विमानस्थलमा प्रदेश नम्बर २ का पर्यटन मन्त्रि रामनरेश रायसहित पर्यटनकर्मी, उद्योगीब्यवसायी समाजसेवी लगाएतको उपस्थिती रहनेछ । सिमरा पोखरा उडानका लागी फेयरका आधारमा ३ किसिमको टिकट दर राखिएको सिमरा बुद्ध एयर कार्यालयले जानकारी दिएको छ । टिकट दर ४ हजार ७ सय ७०, ५ हजार २ सय ७० र ७ हजार १ सय ७० रहनेछ । अहिले हप्तामा २ दिन आईतबार र बुधबार दिउसो १ः१५ बजे उडान भर्ने तालिका रहेपनि यात्रुको मागका आधारमा यो संख्या बढाउन वा घटउन सकिने बुद्ध एयरले जनाएको छ ।

पर्यटन र आर्थिक विकासको सम्भावना का सम्बन्धमा आन्तरीक तथा बाह्य पर्यटक ( भारतीय एवं तेस्रो मुलुकको पर्यटक समेत) का लागी प्रदेश २ को पर्सा राष्ट्रिय निकुञ्ज, एसियाकै धेरै बली चढ्ने चर्चित मन्दिर गढीमाई, ऐतिहासिक क्षेत्र सिम्रौनगढ, नेपालका चार धाममध्येको एक धाम जनकपुरधाम अर्थात् जानकी मन्दिर र सखडा भगवतीको मन्दिर राम्रो गन्तब्य हुन सक्छ ।

 

तर बर्तमान कोरोना माहामारीको परिप्रेक्षमा विश्वभरी नै पर्यटन ब्यवसाय सुस्ताएको छ । यस्तो समयमा थालिएको सिमरा पोखरा उडानले निरन्तरता पाउनेमा भने शंका ब्यक्त गर्न सकिन्छ । यद्धपी पहिलो पटक हवाई मार्गमार्फत सिमरा र पोखरा जोडिन लागेको अवस्थामा भावि दिनमा यसले शर्वसाधारण यात्रुहरुलाई समेत सहज हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस