आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

काठतस्कर र प्रहरीभिच भिडन्तमा प्रहरीद्धारा ३ राउण्ड हवाई फायर

एपी खबर २०७८ भाद्र २८, सोमबार (२ साल अघि) ३२२ पाठक संख्या

पर्सा । पर्सामा काठ तस्कर र प्रहरी बिच भिडन्त भएको छ । सोमबार बिहान ४ बजे पटेर्वासुगौली गाँउपालिकाको फरहादवा नजिक पर्ने जङगलबाट सालको गोलिया काठ मोटरसाइकलमा राखेर ल्याउदै गरेका चार वटा मोटरसाइकलमा सवार ८ जना तस्करलाइ प्रहरीले रोक्ने क्रममा भिडन्त भएको हो ।

 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली तस्करबिचको झडपका क्रममा प्रहरीले तीन राउण्ड हवाइ फायर पनि गरेको छ । प्रहरी टोलीको ५ जना र तस्कर ८ जनाको बिच भिडन्त हुदा आत्मरक्षाका लागी प्रहरीले ३ राउण्ड हवाई फायर गर्नुपरेको प्रहरीले बताएको छ ।

 

प्रहरीले हवाइ फायर गरेपछि तस्करहरु दुइवटा मोटरसाइकल र काठ छाडेर भागेको प्रहरी नायव उपरिक्षक खनालले बताउनुभयो । घटनास्थलबाट काठ तस्करीमा प्रयोग भएका दुईवटा मोटरसाइकल र दुईवटा ठूला गोलीया काठ बरामद गरिएको प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस