आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शुभारम्भ कलेज कक्षा ११ मा भर्ना हुन आएका विद्यार्थीको स्वागत

सुप्रिया ढकाल २०७८ कार्तिक १५, सोमबार (२ साल अघि) ४२२ पाठक संख्या

बाराको सिमरास्थित शुभारम्भ कलेजमा  कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुका लागि कलेजले आज स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।

 

स्वागत कार्यक्रमको संयोजन कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले गरेका थिए । कलेज प्रमुख अनील चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राध्यापकहरु बाबुराम आचार्य, संजय झा, विक्रम पौडेल, रितेश यादव लगाएतले नव आगन्तुक विद्यार्थीहरुलाई सहज रुपमा उच्च शिक्षा हासील गरी भविष्य उज्वल बनाउने सक्षमता मिलोस् भन्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुले सामुहिक तथा एकल रुपमा गित गाउनुका साथै नृत्य प्रस्तुत गरेको शिक्षक श्रीकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । विभिन्न विद्यालयमा अध्ययन गरी एसइइ पास गरेर भर्खरै शुभारम्भ कलेजमा भर्ना भएका विद्यार्थीहरुको स्वागतका लागि आयोजित कार्यक्रमको संचालन कक्षा १२ की छात्रा सुमन राउतले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस