आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फकिरा गिरी राजेश्वर गिरी माविको अध्यक्ष वडा अध्यक्ष सुनिल गुप्ता हुने अदातलको आदेश

प्रिती कुमारी, जीतपुर २०७९ अषाढ २९, बुधबार (१ साल अघि) ६८८ पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको फकिरा गिरी, राजेश्वर गिरी माध्यमिक विद्यालय समितिको अध्यक्षमा वर्तमान वडा अध्यक्ष सुनिल गुप्ता रहने भएका छन् ।

 

उच्च अदालत जनकपुर अस्थाइ इजलास बीरगञ्जले जीतपुरसिमरा उपमहानगरपालिका अन्तरगतको फकिरा गिरी राजेश्वर गिरी माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा वहालवाला वडाध्यक्ष नै हुने परमादेश जारी गरेपछि सुनिल गुप्ता स्वतः समितिको अध्यक्ष हुनुभएको हो ।

 

जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा निर्माण भएको शिक्षा ऐन २०७५को दफा १९ (क) मा व्यवस्थापन समितिको अध्यक्ष पदमा वडाध्यक्ष वा वडाध्यक्षले तोकेको व्यक्ति हुनुपर्ने प्रावधानलाई सदर गर्दै बहालवाला वडाध्यक्ष नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने परमादेश जारी गरीएको छ ।

 

पुर्व वडा अध्यक्ष निवेदक समेत रहनुभएका रामबाबु साह कलवारले विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा आफु रहेको र वर्तमान वडा अध्यक्षले नियम कानुन विपरित वडा अध्यक्षको लागि २०७९ असार ९ को पत्र अनुसार दाबी गरेको भन्दै अदालतमा मुद्धा दर्ता गर्नुभएको थियो । त्यस बखत समान्नित अदालतले असार २० गते पेशी तोकी दुबै पक्षलाई अदालतमा बोलाएको थियो ।

 

यता समितिको विषयमा सम्मानित अदालत विरगंजमा भएको पेशीमा अस्थायी इजलास वीरगञ्जले वडा अध्यक्षको हैसियतमा समितको अध्यक्ष भएको पद वडा अध्यक्षमा पराजीत भएसंगै छाड्नुपर्ने र वर्तमान बहालबाला वडा अध्यक्ष स्वतः समितिको अध्यक्ष हुने भनिए संगै सुनिल गुप्ता विद्यालय ब्यवस्थान समितिको अध्यक्ष हुनुभएको हो ।

 

अस्थायी इजलास वीरगञ्जका न्यायाधीषद्वय लेखनाथ पौडेल र सुदर्शनदेव भट्टको संयुक्त इजलासले शिक्षा ऐन २०२८को दफा १२ ( १) ख बमोजिम वडाध्यक्ष वा वडा समितिका सदस्यहरुमध्येबाट वडा समितिले मनोनयन समेत गरेको सदस्यको हैसियत समेतबाट मिति २०७८ मसिंर २९ गते को अभिभावक भेलाको सिफारिस र मिति २०७८ पुस १ गतेको निर्णयबाट ऐ.ऐनको दफा १२ (२) क बमोजिम विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएकोमा २०७९ मा भएको स्थानीय तह निर्वाचनबाट निवेदकको वडाध्यक्ष पद नै नरहेकोले वडाध्यक्षको हैसियतले मनोनयन भएको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पद कायम रहन सक्छ भनि अर्थ गर्न नमिल्ने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस