आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पथलैयामा भाद्र ३ गते “श्री कृष्ण जात्रा २०७९” भब्यताका साथै आयोजना हुने

प्रिती कुमारी, जीतपुर २०७९ श्रावण ३१, मंगलबार (१ साल अघि) ३२० पाठक संख्या

पथलैयाका युवाहरुले यस वर्षको श्री कृष्ण जन्माष्ठमी भब्य सांस्कृतिक कार्यक्रम गरी मनाउने भएका छन् । भाद्र ३ गते परेको श्री कृष्ण जन्माष्ठमी पथलैयाका युवाहरूले “श्री कृष्ण जात्रा २०७९” भब्यताका साथ आयोजना गरी मनाउन लागेका हुन् ।

 

प्रत्येक वर्ष आयोजना हुदैँ आएको यो जात्रा कोरोना कालको समयमा २ वर्ष आयोजना नभएपनि यस वर्ष आयोजना हुन लागेको आयोजक द योङ्ग नितीले जनाएको छ । यो कार्यक्रम नयाँ गोरेटो पथलैया, दिब्य ज्योती क्लब, श्री कृष्ण युवा क्लब पथलैया, युवा जागरण क्लब, लायन्स क्लब युथ अफ सिमराको सहयोगमा आयाजना हुन लागेको हो ।

 

कार्यक्रममा राष्ट्रिय स्तरका प्रसिद्ध कलाकारहरुले आफ्नो प्रदर्शन गर्ने जनाइएको छ । मुख्य आकर्षणको रुपमा राष्ट्रिय कलाकारहरु ¥यापर मिस्टर डि.(कल्याण आले), लोकप्रिय गायीका शोभा त्रीपाठी, विक्ड भिक्टीम नेपाल ब्याण्ड, द पनाम ब्याण्ड, द योङ्ग निती ब्याण्डका साथै आकर्षक नृत्य र स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ ।

 

श्री कृष्ण चौर पथलैयामा दिउसो ३ बजेबाट शुरु हुने यस संस्कृतीक कार्यक्रममा पथलैयाका साथै सिमरा, जितपुर, निजगढ, अम्लेखगंज, डुमरवाना आसपासका स्थानियहरुको उल्लेख्य सहभागीता रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस