आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ब्रहमकुमारी राजयोग उप सेवा केन्द्र जीतपुरद्धारा चैतन्य झाँकी तथा प्रवचन कार्यक्रम सम्पन

प्रिती कुमारी, जीतपुर २०७९ भाद्र ३, शुक्रबार (१ साल अघि) ३१२ पाठक संख्या

ब्रहमकुमारी राजयोग उप सेवा केन्द्र जीतपुरले सत्युगी दुनियाको चैतन्य झाँकी तथा प्रवचन कार्यक्रम सम्पन्न गरेको छ । श्री कृष्ण जन्माष्टमीको पावन अवसरमा पारेर केन्द्रले यस कार्यक्रमको आयोजना गरेको हो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ताले शान्तिको सन्देश फैलाउने यस केन्द्रलाई वडाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

 

 

यसैगरी कार्यक्रममा ब्रहमकुमारी राजयोग सेवा केन्द्रका ब्रहमकुमार गोकुल भाईले श्रीकृष्णको अर्थका साथै अत्मज्ञानले मानिसमा आउने परिवर्तनको बारेमा सबैलाई जानकारी दिनुभएको थियो ।

 

 

ब्रहमकुमारी राजयोग उप सेवा केन्द्र जीतपुरका संचालक ब्रहमकुमारी रेनु दिदिको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी, स्थानिय समाजसेवि देवनारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा सदस्य नुरुल्लाह अंसारी, महिला सदस्यद्धय सिता उप्रेती, ललिता पासवान, महिला सरोकार मंञ्चका अध्यक्ष देवि सापकोटा, गढिमाई साझेदारी बन ब्यवस्थापन समिति पथलैयाका अध्यक्ष गणेश साह, शिवगौरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अनिल गुप्ता लगाएतको उपस्थिती रहेको थियो ।

 

 

कार्यक्रममा सहिद स्मारक एकेडेमीबाट आएका बालबालिकाहरुले नृत्य प्रस्तुत गर्दै अतिथीहरुलाई स्वागत गरेका थिए । भने सभाहलमा ओम शान्ति प्रति आस्था राख्नेहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा ब्रहमकुमार हरिन्द्र भाईले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस