आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपा एमाले जीतपुरसिमरा ७ को वडा अध्यक्षमा सिता उप्रेती सर्वसम्मत

प्रिती कुमारी, जीतपुर २०७९ भाद्र २०, सोमबार (१ साल अघि) ९७७ पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा नेकपा एमालेको वडा अध्यक्षमा सिता उप्रेती सर्पसम्मत रुपमा निर्वाचित हुनुभएको छ । सोमवार सम्पन्न नेकपा एमाले जीतपुरसिमरा उपमहानगपालिका वडा नम्बर ७ को वडाको बन्द सत्रले उप्रेतीको अध्यक्षतामा ३१ सदस्य कार्यसमिति सर्वसम्मत रुपले चयन गरेको हो ।

 

समितिको उपाध्यक्षमा अनिल कुमार साह, सचिवमा भोलाशंकर साह, उपसिचवमा अनिल गिरी र मालती कुमाल चयन हुनुभएको छ । भने सदस्यहरुमा सुनिल कुमार गुप्ता, सुरेश प्रसाद कलवार, सुरेश यादब लगाएत रहनुभएको छ ।

 

भदौ ११ गते जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न पहिलो वडा अधिवेसनको म्यान्डेडबाट निर्मीत निर्वाचन अध्यक्ष मणडलको टोलीले सोमवारको अधिवेसनबाट यो कमिटि गठन गरेको हो ।

 

निर्वाचन अध्यक्ष मण्डलका संयोजक दिनेश्वर ठाकुरको सभाअध्यक्षतामा सम्पन्न यस अधिवेसमा नेकपा एमाले मधेश प्रदेशका प्रदेश सदस्य देवनारायण चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।

 

कार्यक्रममा नेकपा एमालेका बारा जिल्ला सचिवालय सदस्य मनोज पौडेल, नेकपा एमालेका नेता कासिम हुसेन, नेकपा एमालेका जिल्ला सदस्य देवि सापकोटा, नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख भोला अधिकारी, नुरुल्लाह अंसारी, सुनिल गुप्ता, नविन मौनाली, ललिता देवि पासवान प्रेस चौतारी नेपाल मधेश प्रदेशका प्रदेश उपाध्यक्ष अनिल तिवारी लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस