आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गढिमाई साझेदारी बनका लागि जीपतुरबाट ७ जनाको नाम सर्वसम्म चयन

प्रिती कुमारी, जीतपुर २०७९ भाद्र २४, शुक्रबार (१ साल अघि) ३५८ पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपरमा गढिमाई साझेदारी बन उपभोक्ता समुहका लागि सर्वसम्मत रुपमा सदस्य छनौट गरीएको छ । वडा नम्बर ७ को कार्यालयमा सम्पन्न भेलाले गढिमाई साझेदारी बन उपभोक्ता समुह गठनका लागि सर्वसम्मत रुपमा ७ सदस्य समिति गठन गरीएको हो ।

 

डिभिजन बन कार्यालय बाराको पत्र अनुसार आफ्नो वडामा वडा भेला गरेर ७ जना सदस्यको नाम पठाउन वडा कार्यालयलाई गरीएको पत्राचार अनुसार वडाले सर्वसम्मत रुपमा सदस्य चयन गरेको पठाएको हो ।

 

समितको महिला सदस्यमा मालती गिरी, रेनु गिरी, दलित सदस्यमा ललिन्द्र महरा, मधेशीमा राजकिशोर प्रसाद साह कलवार, अन्यमा मनोज कुमार गुप्ता, राकेश कुमार गुप्ता र अजित कुमार सिहं रहनुभएको छ ।

 

वडा अध्यक्ष सुनिल गुप्ताको अध्यक्षतामा सम्पन्न यस भेलामा वडा सदस्य सिता उप्रती, नुरुल्लाह अंसारी, नबिन मौनाली, गढिमाई साझेदारी बन उपभोक्ता समुहका अध्यक्ष गणेश जी साह कलवार, गढिमाई साझेदारी बनका ईन्चार्ज ललन राउत कुर्मी, गढिमाई साझेदारी बन उपभोक्ता समुहका सदस्य आनन्द शर्मा, शेषनाथ प्रसाद कुश्वाहा, बन रक्षक बाबुराम अघिमिरे, सन्तोष अधिकारी, डिभिजन बन कार्यालय बाराका सहायक बन अधिकृत आविद हुसेन, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा सचिव दिल्ली ढुङ्गाना,युवा नेता अफताब आलम, आयुब खान लगाएको संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस