आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरामा कानु कल्याण समितिको दोस्रो अधिवेसनबाट सोहन साह कानु अध्यक्षमा चयन

प्रिती कुमारी, जीतपुर २०७९ भाद्र २५, शनिबार (१ साल अघि) ३०८ पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ताले सहि नेतृत्व गर्नेलाई सबैले मन पराउने बताउनुभएको छ । बाराको जीतपुर स्थित गढिमाईको मन्दिरमा सम्पन्न कानु कल्याण समितिको दोस्रो साधारण सभा तथा अधिवेसनलाई सम्बोधन गर्दै उहाँले सहि नेतृत्व गर्नेलाई सबैले मन पराउने बताउनुभएको हो ।

 

शनिवार सम्पन्न यस कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका गुप्ताले सम्पुर्ण कानु एकतृत हुनु पकारात्मक कार्य भएको भन्दै यस राम्रो कार्यमा वडाको तर्फबाट सक्दो सहयोग गर्न आफु सधै तयार रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

 

कानु कल्याण समाजका अध्यक्ष हिरालाल साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा यस समितिका पुर्व अध्यक्ष दर्शक साह, वाँकेलाल साह, समाजका कोषाअध्यक्ष श्यामबाबु साह, विभा गुप्ता लगाएको उपस्थिती रहेको थियो ।

 

साधारण सभामा कानु कल्याण समितिले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ता र प्रेस चौतारी नेपाल मधेश प्रदेशका प्रदेश उपाध्यक्ष अनिल तिवारीलाई दोसल्ला ओढाएर सम्मान गरेको छ ।

कानु कल्याण समितिको दोस्रो अधिवेशनबाट सोहन साह कानुको अध्यक्षतामा नयाँ कार्य समिति समेत सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा श्रीराम साह कानु, उपाध्यक्षमा विरेन्द्र साह कानु, महासचिवमा रवि साह, सचीवमा सुनिल कुमार साह र कोषाध्यक्षमा नारायण साह कानु रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस