आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

घण्टीमाई साकोसको दशौँ साधारण सम्पन्न, प्रदेश कै उत्कृष्ट हुने सुचाङ्कको अग्र स्थानमा

प्रिती कुमारी, जीतपुर २०७९ भाद्र २६, आईतबार (१ साल अघि) ४०१ पाठक संख्या

नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी सँघ (नेफ्सकुन) का अध्यक्ष परितोष पौड्यालले प्रविधि मैत्री बनाउने, क्षमता अभिवृद्धिका लागि बैदेशिक भ्रमणमा पठाउन सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ । घण्टीमाई साकोसको दशौँ साधारण सभाको उद्घाटन सत्रलाई संवोधन गर्दै अध्यक्ष पौडेलले मधेश प्रदेश मै उत्कृष्ट हुदैँ गएको यस सहकारीलाई थप ब्यवस्थित बनाउन क्षमता अभिवृद्धि गर्नुपर्ने र यस कार्यमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको हो ।

 

कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका पौडेलले घण्टीमाई साकोसका अध्यक्ष कोपिला सिंखडा र संचालक समितिका पदाधिकारी तथा शेयर सदस्यलाई साकोसलाई महिला उद्यमीको नमुना संस्था बनाउन आग्रह समेत गर्नुभयो । उहाँले सहकारीको प्रत्येक सुचाङ्क राम्रो देखिएको बताउदै यसलाई थप ब्यवस्थित बनाउन नेफ्सकुनसंग सहकार्य गरेर अगाडी बढनु पर्ने कुरामा जोड दिनुभयो ।

 

यसैगरी कार्यक्रममा केन्द्रीय सहकारी सँघका कार्यकारी प्रमुख प्रकाश पोख्रेलले सहकारी संस्थाहरुको स्तरीकरणका लागि नेफ्सकुनले विभिन्न तालिमहरु दिन थालेको, देशका ३० वटा भन्दा बढी स्थानीय तहहरुसँग आधारशिला कार्यक्रम सञ्चालन गरेको लगायतका कुरा व्यक्त गर्नुभयो ।

 

साधारण सभा कै अवसर पारेर सहकारीले आफ्नै दुई तले भवन निर्माण गरी कार्यालय सेवा र कारोबार सुरु गरेको छ । प्रदेश सरकार, स्थानिय सरकार र सहकारीको सदस्यहरुको सहकार्यमा यो भवनको निर्माण गरीएको हो ।

 

संस्थका अध्यक्ष कोपिला सिंखडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बारा जिल्ला बचत सँघका अध्यक्ष सतेन्द्र ठाकुर, नेफ्सकुनका पूर्व कोषाध्यक्ष केशव पोख्रेल, मधेश प्रदेश सभाका साँसद सुन्दर विश्वकर्मा, निवर्तमान नगर उपप्रमुख सरस्वतीदेवी चौधरी, औराहा उपभोक्ता सहकारी सँस्थाका अध्यक्ष पूर्णचन्द्र तिमल्सेना, प्रगतिशील सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुमारनाथ त्रिपाठी, नेरामावि औराहाका निमित्त प्रधानाध्यापक दीपक भट्ट, सहकारी बैँक सिमराका प्रमुख सुरेश लागे, सञ्चारकर्मी विदुर खड्का लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

 

कार्यक्रममा निर्वाचित स्थानीय जनप्रतिनिधि, अन्य सहकारी तथा सघसंस्थाका प्रतिनिधि, संस्थाका लेखा संयोजक साथै सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संञ्चालन संस्थाका सचिव भवन खड्काले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष थानेश्वर पौडेलले गर्नुभएको थियो ।

 

संस्थाले आफ्नो दशौँ वार्षिक साधारण सभाको अवसरमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई विभिन्न विधामा सम्मान गरेको छ । साकोसको भवन निर्माणका लागि मधेश प्रदेश साँसद सुन्दरबहादुर विश्वकर्मा, जीतपुरसिमरा उपमहानगपालिकाका पुर्व नगर उपप्रमुख सरस्वतीदेवी चौधरी। र नवीन अधिकारीलाई सम्मान गरिएको थियो । त्यसैगरी शिक्षातर्फ एसइइमा उत्कृष्ट अंक ल्याउने नेरामावि औराहाका मुस्कान थापा र निकेश रामलाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको थियो ।

 

कार्यक्रममा जेष्ठ सेयर सदस्य दुर्गालक्ष्मी खरेल र दुर्गाप्रसाद भट्टलाई सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट ऋणी कविता हुमागाइँ, उत्कृष्ट व्यवसायी कृषक नजरा खातुन, नियमित कारोबारकर्ता सावित्री न्यौपाने, संस्थाका कर्मचारी सरस्वती लामिछानेलाई सम्मानित गरिएको थियो । स्थानीय जनप्रतिनिधिहरुलाई पनि सम्मान गरिएको थियो । यता नेफ्सकुनका केन्द्रीय अध्यक्ष परितोष पौड्याल, नेफ्सकुनका कार्यकारी प्रमुख प्रकाश पोख्रेल र नेफ्सकुनका पूर्व कोषाध्यक्ष केशव पोख्रेललाई मायाको चिनो प्रदान गरिएको थियो ।

घण्टीमाई सहकारी पत्रकारिता पुरस्कार

साकोसले यस वर्षको घण्टीमाई सहकारी पत्रकारिता पुरस्कार २०७९बाट सयपत्री अनलाइनकर्मी सीता अधिकारुीलाई प्रदान गरेको छ । समुदाय, सामाजिक गतिविधि र सहकारीसम्बन्धी समाचार सम्प्रेशण गरेको भन्दै अधिकारीलाई यस वर्षको घण्टीमाई सहकारी पत्रकारिता पुरस्कार २०७९बाट पुरस्कृत गरिएको हो ।

प्रतिक्रिया दिनुहोस