आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जनताको गुनासो सुन्न वडा अध्यक्ष गुप्ता जनताकै घरमा, फेसबुक मार्फत गुनासो गर्ने मुस्कानले दिईन धन्यवाद

प्रिती कुमारी, जीतपुर २०७९ भाद्र २६, आईतबार (१ साल अघि) १२२४ पाठक संख्या

जीतपुरसिमरा वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ताले जनताको गुनासो जनताकै घरमा गएर सुन्नु भएको छ । वडा कार्यालयमा आउन नसक्ने र समस्यामा परेकाहरुका लागि वडा अध्यक्ष गुप्ता घरमै पुगेर समस्या सुन्ने भनि गरेको घोषणा अनुसार आईतार घरमै पुगेर गुनासो सन्नुभएको हो ।

 

जीतपुर स्थित शान्तिटोलकी मुस्कान सर्राफले फेसबुक मार्फत आफ्नो टोलमा सरसफाई नभएको भनि गरेको गुनासोको बारेमा बुझन वडा अध्यक्ष गुप्ता सहित वडा सदस्य नुरुल्लाह अंसारी, स्थानिय अफताब आलमका साथै पत्रकारहरुको टाली सर्राफकै घरमा पुग्नुभएको हो ।

 

शान्ति टोलको २ नम्बर गलिमा सरसफाई नभएको भन्दै आएको गुनासो बुझन जाँदा त्यहाँका स्थानियले फोहर जहाँ त्यहीँ फालेको, सरसफाईको बारेमा चासो नलिएकै कारण यस्तो भएको वडा अध्यक्ष गुप्ताले जानकारी दिनुभयो ।

उहाँले फोहर एक ठाँउमा संकलन गरेर ढस्टवीन भएको ठाँउमा फाल्नुपर्नेमा घरको छेउछाउमा फाल्ने गरेकोले त्यस टोल बासिसंग छलफल गरेर फोहर ब्यवस्थानलाई अगाडी बढाउने बताउनुभयो ।

 

यता वडा अध्यक्ष गुप्ता गुनासो गरेको केहि दिनमै आफ्नो समस्या सुन्न आउनुभएको प्रति मुस्कान सर्राफले धन्यवाद समेत दिनुभएको छ । समाजीक संजालमा वडा अध्यक्षको कार्यलाई गरीएको लाईभमा मुस्कानले वडा अध्यक्षलाई धन्यवाद दिनुभएको हो ।

 


सर्राफले आफुहरुको घरमा फोहर राख्ने भाडो नभएका कारण फोहर ब्यवस्थापन गर्न समस्या हुने गरेकोले त्यसमा समेत ध्यान दिन वडा अध्यक्षसंग कमेन्ट मार्फत आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस