आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको जीतपुरमा वडा अध्यक्ष सुनिल गुप्ताको डोजर

प्रिती कुमारी, जीतपुर २०७९ भाद्र २८, मंगलबार (१ साल अघि) १२९२ पाठक संख्या

बाराको जीतपुरमा वडा अध्यक्ष सुनिल गुप्ता डोजर लिएर सरसफाई गर्ने अभियानमा लाग्नु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष गुप्ताले नजिकिदै गरेको पर्वलाई लक्षित गरी सरसफाई कार्यलाई निरन्तरता दिनुभएको हो ।

 

जीतपुरमा रहेको अब्यवस्थित ट्राफिक ब्यवस्थापनका साथै बजारको सडक क्षेत्रमा लगाइएको झाप्रो हटाएर बजर सुन्दर बनाउने अभियानमा लाग्नुभएको छ । पर्वको समयमा बजार क्षेत्रमा किनमेल गर्ने सेवा ग्राहीलाई सहजता प्रदान गर्न र जीतपुर बजारको ब्यवसायलाई सकारात्मक रुपमा अगाडी बढाउन यो कार्य गरेको वडा अध्यक्ष गुप्ताले एपी खबरलाई जानकारी दिनुभएको छ ।

 

वडा अध्यक्ष गुप्ताले जथाभावी रुपमा राखिएको झुप्रोले बजारको ब्यापारमा असर पु¥याएको बताउदै भएकै संरचनालाई तत्काल प्रयोग गरेर ब्यवस्थापन गर्ने बताउनुभएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले हालसम्म योजना संचालन गर्न कुनै किसिमको बजेट विनियोजीत नगरेको भएपनि आफ्नो एकल प्रयासबाट सरसफाई तथा विकासको काम गराइरहेको जानकारी दिनुभयो ।

 

उहाँले सडक तथा सार्वजनिक स्थानमा यस वडामा बनाइएको घरटहराको नक्सा पास गराएको प्रमाण ३५ दिन भित्र वडा कार्यालयमा ल्याउन सुचना जारी गरीसकेको जानकारी गराउदै ३५ दिन भित्र नक्सा पास नभएको र निर्माण कार्य जारी राखेका वा सडकमा पर्ने, सार्वजनिक स्थानमा निर्माण भएका संचारनाको बारेमा कडा कदम चाल्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस