आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुर सामुदायीक सक्रिय बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारण सभा सम्पन्न

एपी खबर २०७९ आश्विन ७, शुक्रबार (१ साल अघि) ३२२ पाठक संख्या

मधेश प्रदेशका प्रदेश सभा सदस्य सुन्दर विश्वकर्माले प्रदेश सरकारले सहकारीलाई दिदै आएको अनुदान रोक्न नहुने बताउनुभएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा रहेको जीतपुर सामुदायीक सकृय बचत तथा ऋण सहकारी संस्थाको १५ औँ साधारण सभालाई सम्बोधन गर्दै उहाँले प्रदेश सरकारले सहकारीका विभिन्न पुर्वाधार निर्माणका लागि दिदै आएको अनुदान नदिने भनी गरेको निर्णय सच्याउनु पर्ने बताउनुभएको हो ।

 

जनताको प्रत्यक्ष सहभागीता रहने सहकारीबाट कर लिने तर राज्यको अनुदान दिन नमिल्ने भनि गरीएको निर्णयले सहकारीमा संलग्न सदस्यहरुलाई आयमुलक कार्य गर्न रोक लगाउनु जस्तै भएको बताउदै उहाँले दिदै आएको अनुदान रकमलाई निरन्तरता दिन प्रदेश सरकारसंग आग्रह गर्नुभयो ।

 

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला अधिकारीले सहकारीलाई राज्यले तिन खम्बे निती अन्तरगत राखेका बताउदै सहकारीको लगानी ब्यवसायीक हुनुपर्ने कुरामा जोड दिनुभयो ।

 

उहाँले सहकारीले आफ्ना सदस्यहरुको आर्थीक सबलिकरणका लागि लगानी गर्नुपर्ने कुरामा जोड दिदै आफ्नो तर्फबाट हुने सहयोग गर्न आफु तैयार रहेको बताउनुभयो ।

 

सहकारीका अध्यक्ष सवित्री पिप्लेको सभा अध्यक्षतामा सम्पन्न साधारण सभामा नेकपा एमालेका नेता देवनाराण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ता, वडा सदस्य नबिन मौनाली लगाएत अतिथी एवम संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

 

साधारण सभामा सहकारीले आफ्ना शेयर सदस्यहरुलाई विभिन्न शिर्षकमा दोसल्ला ओढाएर समानित गरेको थियो । साथै यस सहकारीले प्रत्येक वर्ष सम्मानित गर्दै आएको उत्कृष्ट कर्मचारीको रुपमा संस्थाका प्रबन्धक शम्भु रामलाई दोसल्ला र सम्मानपत्र सहित सम्मानित गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस