आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जनकल्याण बहुउद्धेश्य सहकारी जीतपुरको १७ औँ वार्षिक साधारण सभा सम्पन्न

प्रिती कुमारी, जीतपुर २०७९ आश्विन ८, शनिबार (१ साल अघि) ३७७ पाठक संख्या

जनकल्याण बहुउद्धेश्य सहकारी संस्था लि. जीतपुरको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको यस सहकारीले शनिवार वडा नम्बर ५ स्थित बकुलिया क्यामपसको सभाहलमा आफ्नो १७ औँ साधारण सभा सम्पन्न गरेको हो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले विभिन्न संघसस्थाहरु सफल हुने, संचालक सफल हुने तर त्यसमा आबद्ध सदस्यहरु असफल हुने परिपाटि पढेको बताउनुभएको छ ।कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका नगर प्रमुख पौडेलले आफ्नो सदस्यहरुलाई सफल बनाउन सहकारीहरुले योजनावद्ध रुपमा उत्पादन मुलक क्षेत्रमा लगानि गर्न आग्रह गर्नुभयो ।

 

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले नेता एवम बकुलिया क्याम्पसका अध्यक्ष देवनारायण चौधरीले जनकल्याण बहुउद्धेश्य सहकारी भएकोले यसले आफ्नो शेयर सदस्यको चौतर्फी विकास हुने कार्ययोजना बनाएर अगाडी बढ्नुपर्ने सल्लाह दिनुभयो ।

 

संस्थाका अध्यक्ष गोपाल सिहं कडेंलको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी, वडा नम्बर ३ का वडा अध्यक्ष ताराबहादुर कार्की, वडा नम्बर २४ का वडा अध्यक्ष सुलतान अंसारी, वडा नम्बर ८ का वडा अध्यक्ष शिवशंकर कुश्वाहा, सहकारी बैँक सिमराका प्रमुख सुरेश लागे लगाएतको उपस्थिती रहेको थियो ।

 

सहकारीले आफ्नो वार्षिक साधारण सभाको अवसरमा विभिन्न विद्यामा आफ्ना शेयर सदस्यहरु सम्मान गरेको छ । साथै सहकारीले आफ्नो उत्कृष्ट कर्मचारीलाई समेत सम्मान गरेको छ । सम्मानित कर्मचारीमा सह प्रवन्धक आत्माराम अधिकारी र बजार संकलक हरिबाबु शर्मा रहनुभएको छ ।

 

यसैगरी जनकल्याण बहुउद्धेश्य सहकारी संस्था लि. ले दुई जना पत्रकारहरुलाई सम्मान गरेको छ । विभिन्न गतिविधिमा सक्रिय सहभागीता हुदैँ पत्रकारीता मार्फत यस सहकारीको उन्नयनमा महत्वपुर्णर मसिनो ढगंबाट कलम चलाउने पत्रकारद्धय प्रेस चौतारी नेपाल मधेश प्रदेशमा उपाध्यक्ष अनिल तिवारी र पत्रकार महासंघ बाराका कोषाअध्यक्ष श्याम गुप्तालाई सम्मानित गरेको हो ।

 

आत्माराम अधिकारीको सहजीकरणमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष गणेशजी साहले स्वागत मन्तब्य राख्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस