आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मेयर राजन पौडेलको लापरवाहिका कारण फोहर बन्दै जीतपुर, आफै सरसफाई गर्न स्थानिय बाध्य

एपी खबर २०७९ आश्विन ९, आईतबार (१ साल अघि) ३९७ पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिकाले जीतपुरको फोहर उठाउने टेक्टर विगत केहि दिनदेखि नआएपछि जीतपुरका स्थानियहरु आफैले सरसफाई गर्न बाध्य भएका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको मुख्य बजारमा नगरपालिकाका कारण फोहर नउठेपछि यहाँका स्थानियहरुले पालिकालाई बिरोध जनाउने तरीकाले आफैले सरसफाई गर्न बाध्य भएका हुन् ।

 

सम्बन्धित निकायले फोहर नउठाएकाले आफुहरुले फोहर उठाउन बाध्य भएको जीतपुरका नेता शिवजी साहले बताउनुभयो । उहाँले नेपालीहरुको महान पर्व दशैँको मुखमा जीतपुर बजारको सरसफाई नहुन दुखद भएकाले आफुहरुले यस्तो गरेको बताउनुभएको हो ।

 

यता जीतपुरसिमरा उपमहानगरपालिकाले विगत ३ महिनादेखि फोहर उठाउन कुनै चासो नदिएको र केहि दिनदेखि फोहर संकलन गर्ने टेक्टर र त्यसमा लागने तेल समेत नगरपालिकाले उपलब्ध नगराएकोले फोहर संकलन कार्य अवरोध भएको जीतपुरका वडा अध्यक्ष सुनिल गुप्ताले बताउनुभएको छ ।

 

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलकै निर्देशनमा जीतपुरको फोहर उठाउने सवारी नआएको बताउदै वडा अध्यक्ष गुप्ताले मेयर पौडेल जीतपुरको ब्यपारलाई कमजोर बनाउने खेल खेलीरहेको बताउनुभयो ।

 

सरसफाई गर्ने कर्मचारीको तलब समेत ३ महिनादेखि नदिएको कारण उनिहरु काम गर्न नमाने उहाँको भनाई छ । जील्ला कै मुख्य ब्यापारीक केन्द्र जीतपुरको ब्यवसायलाई चौपट पार्ने योजना अनुसार मेयर राजन पौडेलले आफ्नो पटक पटकको आग्रह नमाने वडा अध्यक्ष गुप्ताले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस