आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र सिमरामा शुभकामना आदानप्रदान तथा स्नेह मिलन कार्यक्रम सम्पन्न

प्रिती कुमारी, जीतपुर २०७९ आश्विन १५, शनिबार (१ साल अघि) २१८ पाठक संख्या

बिजया दशमी, शुभ दिपावली एवम छठको शुभ उपलक्ष्यमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र सिमरामा शुभकामना आदानप्रदान तथा स्नेह मिलन कार्यक्रम सम्पन्न गरेको छ । होटल ब्यवसायी संघको नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मानका साथै शुभकामना अदान प्रदान गर्ने उद्धेश्य सहित यो कार्यक्रम सम्पन्न भएको हो ।

 

यस कार्यक्रममा सिमरा सेवा केन्द्रकी प्रभारी ब्रह्माकुमारी मधु दिदिको सभाअध्यक्षतामा सम्पन्न यस कार्यक्रममा पुर्व श्रम मंत्री किसान श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

 

यसैगरी कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शमार्, होटल व्यवसायी संघका नव निर्वाचित अध्यक्ष अर्जुन लम्साल लगाएत पदाधिकारीहरु, समाजसेवी माधव त्रिपाठी, राजाराम साह लगायतको उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा बोल्दै सिमरा सेवा केन्द्रकी प्रभारी ब्रह्माकुमारी मधु दिदिले यस पर्वले सबैको मनोकामना पुरा गर्ने र देशमा शान्तिको स्थापन गर्ने ईश्वरसंग प्रर्थना गर्नुभएको थियो ।

 

 

ब्रह्माकुमार परमेश्वर भाइ जीको सहजीकरणमा सम्पन्न यस कार्यक्रममा ब्रह्माकुमार सन्तोष भाइले स्वागतमन्तबइ राख्नुभएको थियो भने उपस्थित सबै अतिथीगणलाई यस केन्द्रकि ब्रह्माकुमारी ममता दिदि र ब्रह्माकुमारी शुभ लक्ष्मी बहिनिले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस