आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको कलैया उपमहानगरपालिका ७ र ८ मा नेकपा एमालेद्धारा घरदैलो सम्पन्न

एपी खबर २०७९ कार्तिक १९, शनिबार (१ साल अघि) ३५९ पाठक संख्या

बाराको कलैया उपमहानगरपालिका स्थित वडा नम्बर ७ र ८ मा नेकपा एमालेले घरदैलो कार्यक्रम गरेको छ ।

वडा नम्बर ७ को बैरिया बरेवा ८ को रंगपुर लगाएका टोलमा नेकपा एमाले पार्टीका क्षेत्र ३ का प्रतिनिधि सभा सदस्य पदका उमेदवार तथा नेकपा एमाले पार्टीका पोलिट ब्यूरो सदस्य तथा मदेश प्रदेश सह ईन्चार्ज ज्वाला साह क्षेत्र नम्बर ३ ख का प्रदेश सभा सदस्य पदका उमेदवार तथा निबर्तामान मदेश प्रदेश सदस्य महम्द समिले जनताहरु समक्ष नेकपा एमाले पार्टीको सुर्य चिन्हमा मतदान गर्न आग्रह गरेका थिए ।

घरदैलो कार्यक्रममा प्रतिनिधि सभा सदस्य पदका उमेदवार ज्वाला साहले देशमा सुशासन र समृद्धि ल्याउन मात्र नेकपा एमाले पार्टीमा भिजन रहेको हुनाले २०७९ मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा नेकपा एमाले पार्टीको चुनाव चिन्ह सुर्य छापमा आफ्नोे अमुल्य मतदान गरि बिजय गराउन जनताहरुलाई आग्रह गर्नु भएको थियोे ।

त्यसतै निर्बातमान प्रदेश सभा सदस्य महम्द समिर र प्रतिनिधि सभा सदस्य पदका उमेदवार ज्वाला साहले बिगतका दिन देखिनै आफ्नोे क्षेत्रको जनताहरुको दुख सुखमा कामगर्दै आएको हुनाले क्षेत्र नम्बर ३ का जनताहरुले यहि मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा नेकपा एमाले पार्टीको चुनाव चिन्ह सुर्य छापमा मतदान गरेर बिजय गराउन क्षेत्र ३ ख का प्रदेश सभा सदस्य पदका उमेदवार महम्द समिर र प्रतिनिधि सभा पदका उमेदवार ज्वाला साहलाई बिजय गराउन प्रतिबद्ध रहेकोछ ।

 

प्रतिनिधि सभा सदस्य पदका उमेदवार ज्वाला साह र प्रदेश सभा सदस्य पदका उमेदवार महम्द समिरको लोकप्रीयाताको कारण क्षेत्र नम्बर ३ को प्रतिनिधि सभामा सदस्यमा ज्वाला साह र ३ को ख मा प्रदेश सभा सदस्यमा महम्द समिरको बिजय सुनिश्चित रहेको छ ।

घरदैलो कार्यक्रममा नेकपा एमाले पार्टीका जिल्ला कमिटी सचीव अदयानन्द पाण्डे जिल्ला सदस्य ज्वाहर आन्सारी रुसतम आन्सारी एमसैमुलाह पुरुषोतम साह युवा नेता रबिन्द्र साह फ्रमुलाह मन्सुर दिपेन्द्र यादव जाबेद बिकि साह लगाए वडा नम्बर ७ र ८ मतदाताहरुको उल्लेखनीय सहभागीता रहेको थियो।

प्रतिक्रिया दिनुहोस