आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आचारसंहिता विपरित कोल्हबी ३ का वडा अध्यक्ष चौधरी चुनाबी प्रचारमा

एपी खबर २०७९ कार्तिक १९, शनिबार (१ साल अघि) ३३८ पाठक संख्या

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष किशुनदयाल चौधरीले निर्वाचन आचारसंहिता विपरित चुनावी प्रचार प्रसार गरिरहेको पाईएको छ ।

 

निर्वाचन आचारसंहितामा स्थानिय तहको कार्यपालिका पदाधिकारी र सदस्यहरुलाई कुनै पनि दलको प्रचार प्रसार गर्न नहुने उल्लेख छ । आयोगले आचारसंहिता उलंघन नगर्न पटक पटक विभिन्न माध्यमबाट सचेत गराएउँदैपनि आएको छ । तर कोल्हबी ३ का चौधरीले भने प्रतिनिधिसभाका उमेदवार खानेपानीमन्त्री उमाकान्त चौधरीको खुलेयाम प्रचार गरिरहेको पाईएको हो । उनले निर्वाचन आचारसंहित उलंघन गरिरहेको स्थानिय हरेराम चौधरीले बताए ।

 

सता गठबन्धनबाट बाराको क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य उम्मेदवार उमाकान्त चौधरीको प्रचार प्रसार गरिरहेको भिडियो तथा फोटोहरु समाजिक संजालमा राखेर आचारसंहिता उलंघन गर्ने चौधरीको विरोध भैरहेको स्थानियले बताए ।

 

निर्वाचित जनप्रतिनिधिले आचारसंहिता विपरीत कार्य गरेको पाइएमा निर्वाचन एन, २०७३ को दफा बमोजिम कार्वाही गर्ने भनिएता पनि बारा जिल्लामा भने छुट रहेको छ ।

प्रतिक्रिया दिनुहोस