आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एमाले निकट व्यवसाय महासंघको भेला सम्पन्न, ५१ सदस्य निर्वाचन परिचालन कमिटी गठन

एपी खबर २०७९ कार्तिक २३, बुधबार (१ साल अघि) ३४१ पाठक संख्या

नेकपा एमाले निकट नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ जीतपुरसिमरा नगर कमिटीको भेला सिमरामा सम्पन्न भएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चुनावी प्रचारको तैयारीका लागि यो भेला सम्पन्न भएको हो ।

 

नेकपा एमाले पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न यस भेलाले नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ जीतपुरसिमरा नगर कमिटी अध्यक्ष चुडामणी गौतम (राजु) को संयोजकत्वमा ५१ सदस्यीय परिचालन कमिटी गठन गरेको छ ।

 

भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री पौडेलले एमालेका उम्मेदवार जिताउने अभियानमा सक्रियरुपमा सहभागी हुन अनुरोध गर्नुभयो । विगतका कुरालाई सम्झदै उहाँले एमालेले गरेको काम र अब आउने दिनको योजना जनता सम्म पु¥याउने काममा ब्यवसायी सफल रहेकोलेपनि एमालेको उद्धेश्य चुनावी प्रचारलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

 

भेलामा केन्द्रीय सदस्य सरस्वतीदेवी चौधरी, नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको केन्द्रीय सचिवालय सदस्य हरिशरण अधिकारी, केन्द्रीय सदस्य युवरा पौडेल, एमाले प्रदेश कमिटी सदस्य दिनेश्वर ठाकुर, जिल्ला कमिटी सदस्य अमृतलाल श्रेष्ठ, कासिम हुसेन, कमला घिमिरे, सुभद्रा न्यौपाने, भावना आचार्य, नगर कमिटी सचिव रत्न उप्रेती, उपसचिव त्रिलोक विक्रम शाह, वडा नं. २ का वडा कमिटी अध्यक्ष रविन्द्र खकुरेल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस