आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एमाले जीताउन जीतपुरसिमरा ३ र ६ मा जनता उत्साहीत

एपी खबर २०७९ कार्तिक २४, बिहिबार (१ साल अघि) २७३ पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ र ६ मा नेकपा एमलले घरदैलो सम्पन्न गरेको छ । नेकपा एमालेबाट बारा निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधी सभाका उमेदवार र ४(१) प्रदेश सभाका उमेदवारले संयुक्त रुपमा घरदैलो सम्पन्न गर्नुभएको हो ।

 

प्रतिनिधी सभाका उमेदवार एकवाल मियाँ र प्रदेश सभाका उमेदवार देवनारायण चौधरीले वडा नम्बर ३ को रामबन टाडी र बजनि टोलका साथै वडा नम्बर ६ को सिद्धरिटोल, नगौल टोलमा द्धरदैलो सम्पन्न भएको वडा नम्बर ६ का निर्वाचन परिचालन कमिटि ईन्चार्ज अमृतलाल श्रेष्ठले जानकारी दिनुभयो ।

 

उहाँले घरदैलोको क्रममा मतदाताले फुलमाला लिएर उमेदवारलाई जीतको शुभकामना दिएको बताउनुभयो । वडा ६ र ३ मा एमालेको घरदैलोमा एमाले समर्थक जनताको लामो लाईन रहेको बताउदै श्रेष्ठले जनताको उत्साह देख्दा बारा निर्वाचन क्षेत्र नम्बर ४ मा एमालेको जीत निश्चित भएको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस