आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपा एमालेको बारा क्षेत्र नम्बर ४ को नितनपुरमा घरदैलो सम्पन्न

एपी खबर २०७९ कार्तिक २६, शनिबार (१ साल अघि) २२९ पाठक संख्या

नेकपा एमालेले बारा क्षेत्र नम्बर ४ को नितनपुरमा घरदैलो सम्पन्न गरेको छ । उम्मेदवारद्धय प्रतिनिधी सभाका एकवाल मिया र ४(क) प्रदेश सभा सदस्यका उम्मेदवार देवनारायण चौधरीले बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० को बलुवामा घरदैलो गर्नुभएको छ ।

 

घरदैलोमा प्रदेश सभा समानुपातिक उम्मेदवार मन्जु थापा ,एमाले केन्द्रिय सदस्य एवम् बारा जिल्ला सह इन्चार्ज सरस्वती चौधरीको ,मधेश प्रदेशका निवर्तमान सांसद सुन्दर बि.क, एमाले मधेश प्रदेश कमिटि सदस्य एवम् बारा ४ का संयोजक मनोज पौडेल, प्रदेश कमिटी सदस्य दिनेस ठकुर, त्रिलोक बिक्रम ठकुरी, एमाले बारा ४ (क) प्रचार प्रसार समिति संयोजक रबिन्द्र खकुरेल लगाएत ठूलो संख्यामा उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस