आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

काठमाडौंबाट ७३१ थान राहदानी सहित तीनजना बिचौलिया पक्राउ

एपी खबर २०७९ माघ ५, बिहिबार (१ साल अघि) १८९ पाठक संख्या

काठमाडौं । काठमाडौंबाट ७३१ थान राहदानी (पासपोर्ट) सहित तीनजना बिचौलिया पक्राउ परेका छन् । प्रहरीले गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग बसपार्कबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले हाटेलका कोठाहरू खानतलासी गर्दा राहदानी फेला पारी बरामद गरेको जनाएको छ ।

 

बुधबार काठमाडौं महानगरपालिका वडा नम्बर २६ स्थित वीरेन्द्र ऐश्वर्य मार्गमा रहेको होटल सिनामा र मित्रनगरस्थित गुल्मी पल्लीकोट गेस्ट हाउसमा वैदेशिक रोजगारसम्बन्धी अवैध गतिविधि भइरहेको सूचना प्रहरीलाई पुगेको थियो ।पक्राउ पर्नेमा गुल्मी छत्रपुर नगरपालिका ९ मा बस्ने ३८ वर्षीय मिनबहादुर सोमरे, सिन्धुली कमलामाई नगरपालिका ७ बस्ने ४४ वर्षीय शेरनारायण श्रेष्ठ, कञ्चनपुर बेतकोट नगरपालिका ३ बस्न ४४ वर्षीय लोकजन खड्का रहेका छन् ।प्रहरीले बरामद गरेका राहदानी विभिन्न व्यक्तिहरूका नाममा जारी भएका छन । उनीहरूलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस