आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कृषि मन्त्रि साह द्वारा कृषक व्यवस्थापन कक्षको उद्घाटन

एपी खबर २०७९ माघ ७, शनिबार (१ साल अघि) ४३१ पाठक संख्या

काठमाडौँ : राष्ट्रिय किसान आयोगको छैठौं स्थापना दिवसको अवशरमा कृषि तथा पशुपंक्षी बिकाश मन्त्रि ज्वाला कुमारी साहले कृषक गुनासो व्यवस्थापन कक्षको उद्‍घाटन गर्नु भएको छ ।

 

मन्त्रि साहले किसानलाई कुनै पनि समस्या भए कृषक व्यवस्थापन कक्षको टोलफ्री नम्बरमा कल गरेर आफ्नो समस्या टिपाउन नेपालका किसानहरु संग आग्रह समेत गर्नु भयो ।किसानहरु बाट आएको समस्यालाई कृषि तथा पशुपंक्षी बिकाश मन्त्रालयले चाडैं नै पहल गरेर समास्यामा समाधान गरेन उहाँले प्रतिबद्धता जाहेर गर्नु भयो ।


कार्यक्रममा उपस्थित सम्पूर्ण किसान संघ/संगठनका प्रमुख एवं प्रतिनिधिहरुबाट राष्ट्रिय किसान आयोगलाई शुभकामना समेत दिएको थियो । कृषक व्यवस्थापन कक्ष उद्घाटन कार्यक्रमका अध्यक्ष डा. प्रेम प्रसाद दंगालले सम्पूर्ण किसान संघ/संगठनहरुलाई नीति निर्माण एवं कार्यक्रम अनुगमन तहमा सहभागी भई कार्यक्रम संचालन हुँदा प्रभावकारी हुने भन्‍दै आगामी दिनमा सम्पूर्ण किसान संघ/संगठनहरु एकतावद्ध भई अगाडि बढनु पर्ने भनाई राख्‍दै सहभागीलाई धन्यवाद दिइ कार्यक्रमको समापन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस