आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मंगलबार दिउँसो बाजुरा केन्द्रविन्दु बनाएको गएको भूकम्पमा परेर एक जनाको मृत्यु

एपी खबर २०७९ माघ १०, मंगलबार (१ साल अघि) २०१ पाठक संख्या

बाजुरा: मंगलबार दिउँसो बाजुरा केन्द्रविन्दु बनाएको गएको भूकम्पमा परेर एक जनाको मृत्यु भएको छ। ​गौमुल गाउँपालिका-२ का अन्दाजी ३५ वर्षीया जमुना रोकायाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

 

उनको घटनास्थलमै मृत्यु भएको हो। भिरालो जमिनमा घाँस काट्दै गरेकी उनको ढुंगा खसेर मृत्यु भएको हो। अर्का एक जना पनि घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डीएसपी सूर्य थापाले जानकारी दिए।

 

 

मंगलबार बाजुरालाई केन्द्रविन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो। जसको धक्का सुदूरपश्चिमलगायत कर्णाली प्रदेशसम्म महसुस भएको थियो।

 

प्रतिक्रिया दिनुहोस