आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

यातायात मजदुरका मागहरू पूरा गर्न मन्त्रालयसँग लिखित सहमति

एपी खबर २०७९ फागुन २, मंगलबार (१ साल अघि) १३५ पाठक संख्या

काठमाडौं । सार्वजनिक यातायातसम्बद्व तीन मजदुर संगठन र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच विभिन्न विषयमा लिखित सहमति भएको छ । आज मन्त्रालयमा वार्तापछि बन्द, हड्तालमा उत्रिएका मजदुर संगठन र व्यवसायीले सहमति गरेका हुन् ।

 

सोमबारको तोडफोड र झडपको घटनाका दोषीलाई कारबाही, लोत्से बहुउद्देश्यीय प्रालिसँगको ४५ वर्षे सहमति खारेज, निलम्बनमा रहेका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) फिर्ता, पक्राउ परेका यातायात मजदुरलाई विनासर्त रिहा गर्नुपर्ने र ट्राफिक जरिवाना घटाउनुपर्ने व्यवसायी र मजदुरका माग छन् ।

 

सहमतिअनुसार मन्त्रालय मातहतका समस्याहरू मन्त्रालयले हेर्ने, काठमाडौं महानगरपालिका अन्तर्गत पर्ने बसपार्कबारे महानगरले छानविन गर्ने र ट्राफिक प्रहरी मातहतका समस्याहरू ट्राफिकले समाधान गर्नेछ ।यातायात मजदुरका समस्या समाधानका लागि आज दिउँसो ३ बजे यातायात व्यवस्था विभागमा पुनः वार्ता हुनेछ ।

 

सोमबार प्रहरी र यातायात मजदुरबीच झडप हुँदा दर्जनौ प्रहरी र मजदुर घाइते भएका थिए ।केही मजदुरहरूलाई प्रहरीले पक्राउ गरेको थियो । सोमबारदेखि बन्द रहेका सार्वजनिक सवारीसाधन सञ्चालनमा आइसकेको छ

प्रतिक्रिया दिनुहोस