आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरुको नाम आज सार्वजनिक हुने

एपी खबर २०७९ फागुन १६, मंगलबार (१ साल अघि) ११५ पाठक संख्या

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरुको नाम आज सार्वजनिक गर्ने भएको छ । राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने सक्ने कार्यतालिका सँगै आजै उम्मेदवारीको नाम सार्वजनिक गर्न लागेको हो ।

 

 

गत १३ फागुनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ उम्मेदवारी दर्ता गराएका थिए ।उनीहरू विरुद्ध उजुरी आव्हान गरिए पनि कुनै उजुरी नपरेको जनाएको आयोगले आज उम्मेदवारको नाम औपचारिक रूपमा सार्वजनिक गर्न लागेको हो ।आगामी २५ फागुनमा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस