आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एमाले नेता राजाराम साहको श्रद्धाञ्जली सभा सिमरामा सम्पन्न

एपी खबर २०७९ फागुन १६, मंगलबार (१ साल अघि) ११५ पाठक संख्या

सिमरा : नेकपा एमाले जितपुरसिमराका नेता तथा समाजसेवी राजाराम साह चौधरीको १३ औं पुण्य तिथिको अवसरमा श्रद्धाञ्जली सभा आज सिमरामा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रदेश सभाका सदस्य तथा प्रदेश कमिटी सदस्य देबनारायण चौधरी,पुर्ब मन्त्री एकवाल मिया,एमाले प्रदेश कमिटी सदस्य मनोज पौडेल,र श्रीराम चौधरी लगायतले साहको योगदानका बारेमा चर्चा गर्नु भएको थियो ।

जितपुर सिमरा वडा नम्बर २ निवासी साहको फागुन ४ गते उपचारका क्रममा काठमाडौँ वीर अस्पतालमा निधन भएको थियो । साहको सिमराको छठिघाट,जितपुरको कलवार धर्मशाला निर्माणमा महत्वपुर्ण योगदान रहेको छ । कार्यक्रम एमाले वडा कमिटी अध्यक्ष रबिन्द्र खकुरेलको सभापतित्वमा र विशाल घिमिरेको सहजीकरणमा सप्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस