आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रसौनी गाउँपालिका कमिटीको बैठक सम्पन्न, ग्रासरुट अभियान गाउँ गाउँमा पुर्याउने निर्णय

एपी खबर २०७९ फागुन १७, बुधबार (१ साल अघि) १०१ पाठक संख्या

सिमरा : नेकपा एमालेको प्रसौनी गाउँपालिका कमिटीको बैठक आज प्रसौनिमा सम्पन्न भएको छ । बैठकले ग्रासरुट अभियान गाउँ गाउँमा पुर्याउने निर्णय गरेको छ । बैठकमा केन्द्रीय सदस्य तथा ग्रासरुट अभियानका प्रतिनिधि अरविन्द सिंहले ग्रासरुट अभियानको बारेमा प्रष्ट पार्नुभएको थियो । त्यसैगरी प्रदेश कमिटी सदस्य मनोज पौडेलले प्रधानमन्त्री प्रचण्डका कारण देश अस्थिरता तर्फ धकेलिएको तर्क गर्नु भयो ।उहाँले प्रचण्ड बोलिको ठेकान नभएको नेता भएको दाबी गर्नु भयो ।

 

बैठकले वडा कमिटीका बैठकहरु तय गर्नुको साथै जनसङ्गठन संयन्त्रको भेला आयोजना गर्नु स्थानीय तह सन्चालनका लागि पालिकामा दल तथा वडा दल निर्माण गर्ने निर्णय समेत गरेको छ । वडामा जिल्ला कमिटी सदस्यहरुलाई ग्रासरुट अभियानको प्रतिनिधि खटाउने समेत निर्णय गरेको छ ।

 

गाउँपालिका अध्यक्ष भगवती न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेस कमिटि सदस्यहरु राजमहमद राय,बिनोद पटेल,सुनिल पाल,जिल्ला कमिटी सदस्यहरु तारा कार्की,ध्रुब यादब,हेमराज न्यौपाने,रमेस खरेल,अशेस्वर गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस