आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मिसन ग्रासरुट :जीतपुरसिमरा उपमहानगरको वडा न ७ को बैठक सम्पन्न

AuthorAP Khabar२०७९ फागुन १७, बुधबार (१ साल अघि) ११२ पाठक संख्या

सिमरा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ जीतपुरमा नेकपा एमालेको वडा कमिटिको बैठक सम्पन्न भएको छ ।नेकपा एमालेले अहिले देश भरकै पालिकामा संचालन गरेको मिसन ग्रासरुट अभियानलाई बाराको हरेक गाउँगाउँमा पुर्याउन निर्णय गरेको छ ।

 

नेकपा एमालेको वडा न ७ को वडा अध्यक्ष सिता उप्रेतीको अध्यक्षतामा बसेको बैठकमा अहिले नेकपा एमालेल संचालन गरेको मिसन ग्रासरुट अभियानमा सबैलाई हातेमालो गरेर अगाडी बढ्नु पर्ने आवस्यकता रहेको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ को वडा अध्यक्ष सुनिल कुमार गुप्ताले बताएको छ ।

 

नेकपा एमालेको प्रदेश सदस्य किशोर शर्माको प्रमुख अतिथ्यतामा सुरु भएको वडा कमिटि बैठकमा उहाँले प्रचन्डले राजनीतिको नाम कलंक खडा गरेको आरोप लगाउनु भएको थियो ।

 

बैठकले वडा कमिटीका बैठकहरु तय गर्नुको साथै जनसङ्गठन संयन्त्रको भेला आयोजना गर्नु स्थानीय तह सन्चालनका लागि पालिकामा दल तथा वडा दल निर्माण गर्ने निर्णय समेत गरेको छ । वडामा जिल्ला कमिटी सदस्यहरुलाई ग्रासरुट अभियानको प्रतिनिधि खटाउने समेत निर्णय गरेको छ ।

 

उक्त वडा बैठकमा नेकपा एमालेको प्रदेश सदस्य सिता सुबेदी , अखिल नेपाल महिला संघ अध्यक्ष कालिका कंडेल,प्रेस चौतारी नेपाल मधेश प्रदेशको उपाध्यक्ष अनिल तिवारी लगाएत अन्य नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस