आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मिसन ग्रासरुट :फेटा गाउँपालिका वडा नम्बर २ मा नेकपा एमालेको वडा कमिटी गठन

एपी खबर २०७९ फागुन १८, बिहिबार (१ साल अघि) १५६ पाठक संख्या

धिरेन्द्र तिवारी – कलैया : बाराको फेटा गाउँपालिका वडा नम्बर २ मा नेकपा एमाले पार्टीको वडा कमिटी गठन भएको छ। मिसन ग्रासरुट अन्तर्गत बिहिवार नेकपा एमाले पार्टीको वडा कमिटीको सचिव रामऔतार साह तुराहाको अध्यक्षतामा बसेको बैठकले २५ सदस्यीय वडा कमिटी गठन गरेको छ।
कामिटिका अध्यक्षमा धर्मेन्द्र दुबे ,उपाध्यक्षमा रामसेवक मुखिया बिन , सचिवमा रामऔतार साह तुराहा,सह सचिवमा सुरेश पासवान रहेको छ । कमिटीको सदस्यहरुमा धर्मेन्द्र कुशवाहा, भरत मुखिया, नवलकिशोर कुशवाहा ,पुरन पटेल, जकिर मिया धुनिया, रहम्द हावारी ,मोतिलाल पटेल ,जगलाल पटेल, जगदीश साह कानु, श्यामबाबू पटेल, शिवचन्द्र पटेल, सबरा खातुन, बगड पटेल ,पुनित देबि पाण्डे लगाएतको रहेको छ।

बैठकका प्रमुख अथिती बारा क्षेत्र नम्बर ४ क का प्रदेश सभा सदस्य एवम नेकपा एमाले पार्टीका कमिटी सदस्य देवनारायण चौधरि बिशिस्ट अथिती मुस्लिम ईन्तियाजका केन्द्रिय सदस्य जाकिर अन्सारी फेटा गाउँपालिाका कमिटी अध्यक्ष बाच्चा गिरि युवा संघका सदाम हवारी रामानन्द पटेल लगाएतकको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस