आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राष्ट्रपति निर्वाचनको मतपत्रमा उमेदवारको नाम मात्रै हुने

एपी खबर २०७९ फागुन १८, बिहिबार (१ साल अघि) १२० पाठक संख्या

काठमाडौं । यही फागुन २५ गते राष्ट्रपति र आउँदो चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । राष्ट्रपतिको निर्वाचनअन्तर्गत उमेदवारको अन्तिम नामावली प्रकाशन भइसकेको छ ।

 

राष्ट्रपतिमा आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)बाट सुवासचन्द्र नेम्वाङ उमेदवार छन् ।निर्वाचन आयोगका अनुसार मतपत्रमा उमेदवारको चुनाव चिह्न हुँदैन । मतपत्रमा उमेदवारको नाम हुने र मत राख्ने ठाउँ हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।“राष्ट्रपति निर्वाचनमा चु्नाव चिह्न हुँदैन । उमेदवारको नाम हुन्छ र मत दिने ठाउँ हुन्छ,” उनले बाह्रखरीसँग भने ।

 

प्रतिक्रिया दिनुहोस