आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मिसन ग्रासरुटः जीतपुरसिमराका १२ वटा वडाको बैठक एकै दिन सम्पन्न

एपी खबर २०७९ फागुन २०, शनिबार (१ साल अघि) १५२ पाठक संख्या

सिमराः नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका भित्रका १२ वटा वडाको बैठक तथा भेला शनिवार एकै दिन सम्पन्न भएको छ । ग्रासरुट अभियानलाई टोलटोलमा लैजाने निर्णय गरेको एमालेले वडातहको भेला र बैठकलाई निरन्तरता दिदै आएको छ ।

 

अभियान अन्तर्गत वडा नं. १२ फत्तेपुरमा भेला सम्पन्न भएको छ । प्रदेश कमिटी सदस्य मनोज पौडेलको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलालाई सम्बोधन गर्दै पौडेलले बिदेशीको चलखेल र दबाबमा परेर प्रचण्डले एमालेलाई धोका दिएको बताए । प्रचण्डलाई देउवाले मिल्क्याउदा एमालेले उद्घार गरेर प्रधानमन्त्री बनाएको बताउदै नेता पौडेलले धोकेबाजी गर्ने प्रचण्डको अब दिन गन्ती सुरु भएको दाबी गरे ।

 

वडा कमिटी अध्यक्ष मनोजकुमार रायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश कमिटी सदस्य राज महम्मद राय, जिल्ला कमिटी सदस्य रुस्तम अंसारी, वडाध्यक्ष श्यामबाबु खाँल, होमनाथ पण्डितगायतको उपस्थिती रहेको थियो ।

 

यसैगरी वडा नं. १ मा विस्तारित बैठक सम्पन्न भएको छ । भेलामा नेता पौडेलसहित प्रदेश कमिटी सदस्य किशोर शर्मा, जिल्ला सचिवालय सदस्य अमृतलाल श्रेष्ठ, जिल्ला कमिटी सदस्य सिमरा ठकुरी, कासिम हुसेन, नेता रमेश खरेल, गोपाल सापकोटालगायतको उपस्थिती रहेको थियो । बैठक वडा कमिटी अध्यक्ष इश्वर थपलियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।यसैगरी मिसन ग्रासरुट अन्तर्गत वडा नं. ८, ९, १०, ११, १८, १९, २०, २१, २२ मा भेला तथा बैठक सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस