आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२० हजार घुस लिएको आरोपमा सशस्त्रका सहायक हवल्दार पक्राउ

एपी खबर २०७९ फागुन २१, आईतबार (१ साल अघि) १४७ पाठक संख्या

काठमाडौँ: सशस्त्र प्रहरी सहायक हवल्दारले सेवाग्राहीसँग घुस मागेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प, रुपन्देही विष्णुपुराका सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेनले सेवाग्राहीसँग ट्रयाक्टरमा माटो ओसारपसार गर्ने क्रममा घुस मागेका अख्तियारको आरोप छ।

 

बुटवलबाट गएको अख्तियारको टोलीले स्टिङ अपरेशनका क्रममा सेनलाई सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिइसकेपछि गैडहवा गाउँपालिका वडा नं. ३ मंगलपुरबाट नियन्त्रणमा लिएको जनाएको छ।घुस मागिरहेको सूचना तथा उजुरी निवेदनका आधारमा सेनलाई आयोगको टोलीले नियन्त्रणमा लिएको जनाएको छ।घुस रकमसहित पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस