आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारतमा सलोनलाई उत्कृष्ट अभिनेताको अवार्ड

एपी खबर २०८० अषाढ १६, शनिबार (१० महिना अघि) ७५ पाठक संख्या

काठमाडौं  अभिनेता सलोन बस्नेतले ‘इम प्योर’ शीर्षकको सर्ट फिल्मबाट त्रिलोक इन्टरनेशनल फिल्मफेयर अवार्डमा उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् ।

 

जुन २६ का दिन भारतको तामिलनाडु राज्यको उटीमा आयोजित अवार्ड समारोहमा सलोन सर्ट फिल्म विधातर्फ उत्कृष्ट अभिनेता घोषित भएका हुन् ।

 

अष्ट्रेलियाको कम्पनीले निर्माण गरेको उक्त फिल्मलाई अनुप थापाले निर्देशन गरेका हुन् । यो फिल्ममा सलोनसँगै अभिनेत्री मेनुका प्रधान र रुविना थापाको पनि अभिनय रहेको छ ।

 

बाल कलाकारको रुपमा अभिनय यात्रा प्रारम्भ गरेका सलोनले होस्टेलबाट नेपाली फिल्ममा अभिनेताको रूपमा डेव्यु गरेका हुन् । उनले काम गर्ने हरेक फिल्मबाट अभिनयमा तारिफ पाएका छन् ।

 

अभिनेता सलोन बस्नेतको मुख्य भूमिका रहेको नयाँ फिल्म जय हो आगामी भदौ ८ गतेदेखि नेपाल तथा विदेशमा एकसाथ प्रदर्शनमा आउँदैछ ।

 

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको यो फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस