आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आगामी सेप्टेम्बरमा चीन भ्रमणमा जाने

एपी खबर २०८० अषाढ १८, सोमबार (१० महिना अघि) ७३ पाठक संख्या

कैलाली- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने भएको छ ।नेपाल प्रेस युनियन कैलालीको छैटौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने क्रममा परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे जानकारी दिएका हुन् । प्रधानममन्त्री प्रचण्ड आगामी सेप्टेम्बरमा चीन भ्रमणमा जाने कार्यक्रम तय भएको मन्त्री साउदको भनाइ छ ।

 

यद्यपि, प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे प्रधानमन्त्रीको सचिवालय र चिनियाँ पक्षले हालसम्म कुनै पनि सार्वजनिक रुपमा जानकारी गराएका छैनन् । परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री साउदले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस