आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अभद्र व्यवहारको आरोपमा माछापुच्छ्रे–८ का वडाध्यक्ष नियन्त्रणमा

एपी खबर २०८० अषाढ २१, बिहिबार (१० महिना अघि) ६६ पाठक संख्या

कास्की — माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष रामबहादुर गुरुङलाई कास्की प्रहरीले नियन्त्रणमा राखेको छ । अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई बुधबार नियन्त्रणमा लिइ हिरासतमा राखेको जनाएको छ ।

 

आइतबार माछापुच्छ्रे–७ हरियाली टोलका अमृत भण्डारीलाई अभद्र व्यवहार गरेको आरोप वडाध्यक्ष गुरुङलाई लागेको छ ।खोराको मुख अपल्लो इदिखोला माछापुच्छ्रे सडक निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत रहेका भण्डारीले मंगलबार कास्की प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले उनलाई उजुरी परेको जानकारी गराएको थियो । ४५ वर्षीय गुरुङ बुधबार आफैं प्रहरीकोमा उपस्थित भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस