आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा:१४ नम्बर वडा कार्यालय द्वारा सुत्केरी महिला र सर्पदंशका बिरामीलाई १० हजार सहयोग

एपी खबर २०८० अषाढ २४, आईतबार (१० महिना अघि) ११५ पाठक संख्या

जीतपुर :जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न १४ ले आफ्नो वडा भित्र रहेका सुत्केरी महिलालाई पोषण भत्ता र सर्पदंशका बिरामीलाई उपचार खर्च स्वरुप नगद रकम हस्तान्तरण गरेको छ ।आईतबार एक कार्यक्रमको आयोजना गरेर वडा न १४ रजघट्टाको कार्यालयले सुत्केरी महिलालाई पोषण र स्याहार खर्च स्वरुप १० हजार र सर्प दंशको बिरामीलाई उपचार खर्च स्वरुप १० हजार रकम प्रदान गरेको छ ।सुत्केरी पोषण रकम बितरणका लागी वडा न १४ ले आवेदन माग गरेको र आबेदन परेको ६० जनालाई सुत्केरी पोषण भत्ता वितरण गरिएको वडा कार्यालयले जनाएको छ । सुत्केरी महिलाहरुले रकम पाएसंगै वडाका सुत्केरी महिलाहरुले न्युनतम सुत्केरी अवस्थामा आफ्नो र सन्तानको लागी पोषणयुक्त खानेकुराको बन्दोवस्त गर्न सक्ने भएका छन् ।वडाध्यक्ष चयन गुरुङको अध्यक्षतामा सुरु भएको कार्यक्रममा पूर्व मन्त्रि ज्वाला कुमारी साह प्रमुख अतिथि रहेकी थिइन् ।सुत्केरी महिलालाई पोषण भत्ता बितरण कार्यक्रममा बोल्दै पूर्व मन्त्रि साहले जीतपुरसिमरा उपमहानगरपालिकाको २४ वटै वडा मध्य मात्र १४ नम्बर वडाले पहिलो पटक सुत्केरी महिलाकोलागि भत्ता बितरण र सर्पदंशको बिरामीको उपचार खर्च उपलभ गराउनु गर्वको कुरा रहेको बताएकी थिइन् ।उक्त कार्यक्रमा वडा सदस्य लगाएत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस