आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्प

एपी खबर २०८० अषाढ २५, सोमबार (१० महिना अघि) ८५ पाठक संख्या

सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाह्रबिसे आसपास केन्द्र भएर आज दिउँसो १२ बजेर ४७ मिनेट जाँदा ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।

 

 

यसअघि यही असार ८ गते लमजुङको भलायखर्क आसपास केन्द्रबिन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको थियो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस