आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिता दाहालप्रति श्रद्धाञ्जली प्रकट गर्न बालुवाटार पुगे कलाकारहरु

एपी खबर २०८० अषाढ २९, शुक्रबार (१० महिना अघि) ६१ पाठक संख्या

काठमाडौं । कलाकारहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् । नेपाल संगीतकार संघको पहलमा दुई दर्जनभन्दा बढी कलाकार प्रधानमन्त्री निवास बालुवाटार पुगेर दाहाल परिवारलाई समवेदना व्यक्त गरे ।

 

 

चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, संगीतकार संघका अध्यक्ष चेतन सापकोटासहितका कलाकार शुक्रबार बिहान बालुवाटार पुगेका थिए । अभिनेत्री रेखा थापा पति बलराम शाहीसँगै पुगेकी थिइन् । निर्देशक शोभित बस्नेत, गायिका कोमल वली, हास्य कलाकार किरण केसी, सन्दीप क्षेत्री, गायक प्रेमराजा महत, कलाकार संघका महासचिव सविन श्रेष्ठ लगायत त्यहाँ पुगेका थिए ।

 

उनीहरुले सीता दाहालको तस्वीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली दिए भने प्रधानमन्त्री प्रचण्ड, छोरीहरु रेणु र गंगाप्रति समवेदना व्यक्त गरे । ‘मुलुकको आमूल परिवर्तनको लागि सीता दाहाल विशेष व्यक्तित्व हुनुहुन्छ । नेपाली समाजमा आमाको विम्बको रुपमा हुनुहुन्छ । आमनारी भएर क्रान्तिमा होमिनुभयो । उहाँ सहर त पस्नुभयो तर सहर उहाँमा पसेन । सिंहदरबार त पस्नुभयो तर उहाँभित्र सिंहदरबार पसेन । बालुवाटार त पस्नुभयो तर उहाँभित्र बालुवाटार पसेन,’ संगीतकार सापकोटाले भने ।निर्देशक शोभित बस्नेतले आफू कुनै पार्टीमा आबद्ध नभए पनि सीता दाहालको योगदानबाट प्रभावित भएको बताए । प्रधानमन्त्री पत्नी दाहालको गत मंगलबार काठमाडौंको नर्भिक अस्पतालमा निध

प्रतिक्रिया दिनुहोस