आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

खोलामा डुबेर बालिकाको मृत्यु

एपी खबर २०८० अषाढ ३०, शनिबार (१० महिना अघि) ७२ पाठक संख्या

रोल्पामा विद्यालयबाट घर फर्कने क्रममा शुक्रबार एक बालिकाको खोलामा डुबेर ज्यान गएको छ। त्रिवेणी गाउँपालिकास्थित जन जागृति माविमा कक्षा ४ मा अध्ययनरत ११ वर्षीया छात्रा निशा घर्तीमगरको मृत्यु भएको विद्यालयले जनाएको छ।प्रहरीका अनुसार निशाको घर त्रिवेणी-४ छेपनजिकैको सिवाङ खोलामा डुबेको अवस्थामा बालिकाको शव निकालिएको हो।

 

 

स्थानीयका अनुसार बालिका अन्य साथीहरूसँगै पौडी खेल्ने क्रममा खोलामा पसेकी थिइन् । तर पौडिन न सकेर निशा डुबेपछि साथीहरूले गाउँलेसम्म उक्त खबर पुर्‍याएका थिए।घटनालगत्तै स्थानीयसहित प्रहरीले निशाको खोजी थालेको थियो। बालिकाको शव पोस्टमार्टमका लागि अस्पतालमा पठाउन समन्वय गरेको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्याम सारु मगरले बताए ।निशाका शिक्षक झुपल डाँगीले उनका बाआमा काम खोज्न भारतमा पुगेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस