आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आज यी प्रदेशमा भारी वर्षा, सतर्क रहन आग्रह

एपी खबर २०८० श्रावण १, सोमबार (९ महिना अघि) ९३ पाठक संख्या

काठमाडौँ – हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहानसम्म देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। गण्डकी प्रदेशका केही साथै कोशी, बागमती र कर्णाली प्रदेशका थोरै लगायत बांकी प्रदेशका एक-दुई स्थानहरूमा हल्कादेखि मध्ययम वर्षा भइरहेको छ।

 

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मधेस प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।यस्तै, आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मधेस प्रदेशका एक-दुई, कोशी र बागमती प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।भारी वर्षाका कारण बाढीपहिरो लगायतका जोखिम रहेको जनाउँदै सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस