आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

निगमको जहाज मलेसियामा ग्राउन्डेड, काठमाडौं फर्किन लागेका यात्रु अलपत्र

एपी खबर २०८० श्रावण २, मंगलबार (९ महिना अघि) ८३ पाठक संख्या

मलेसियाको क्वालालमपुरबाट काठमाडौं फर्किन लागेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को न्यारोबडी विमान मलेसियाको क्वालालमपुर अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड गरिएको छ ।चालकदललाई आवश्यक पर्ने अक्सिजन अभावले विमान ग्राउन्डेड गरिएको हो ।  त्यहाँबाट नेपाली सयमअनुसार बिहान ३ बजे उड्नुपर्ने जहाज अहिलेसम्म नउडेको बताइएको छ ।

 

 

काठमाडौं फर्किन लागेको विमान विमानस्थलमा नै ६ घण्टादेखि रोकिए पछि १ सय ५२ यात्रु अलपत्र परेका छन् । यसअघि नेपाल वायुसेवा निगमको दुई वटा न्यारोबडी जहाजमा समस्या आएपछि काठमाडौंमा दुई जहाज ग्राउण्डेड भएका थिए । न्यारोबडी जहाज ९ एन-एकेडब्लु एक साता अघि र ९-एकेएक्स शनिबार समस्या आएपछि ग्राउण्डेड भएको थियो । सोही मध्य मर्मत गरेर सोमबार राति १० बजे मलेसिया उडेको जहाज उतै ग्राउन्डेड भएको हो । निगमका प्रवक्ता रमेश पौडेलले अहिले अक्सिजन उपलब्ध भइसकेको बताउँदै जहाज चाँडै काठमाडौं फर्किन लागेको बताए ।

प्रतिक्रिया दिनुहोस