आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रादेशिक अस्पताल कलैयामा ब्लड बैंक भवनको शिलान्यास

AuthorAP Khabar२०८० श्रावण १४, आईतबार (९ महिना अघि) १८० पाठक संख्या

धिरेन्द्र तिवारी – कलैया : प्रादेशिक अस्पताल कलैयामा शनिबारका दिन एक कार्यक्रमका बीच ब्लड बैंक भवनको शिलान्यास साथै अस्पतालको अर्को भवनमा बल्ड बैंक उद्घाटनको समेत बैंकको भएको छ ।

 

बारा जिल्लाको एक जेठो सरकारी अस्पतालको रूपमा चिन्हने प्रादेशिक अस्पताल कलैयामा ब्लड बैंकको उद्घाटन भएपछि  त्यहाँको जनसमुदायले खुशी ब्यक्त गरेका हुन।अब प्रादेशिक अस्पताल कलैयामा उपचार गराउन आउने बिरामीहरुलाई ब्लडको आवश्यकता पर्दा बिरगंज धावनबाट छुटकारा भएको प्रादेशिक अस्पताल कलैयाका मेडिकल सुपरिटेन्डेन्ट बिकास कुमार साहले बताए ।

 

 

कार्यक्रमका बिशिस्ट अथिती बारा निर्वाचन क्षेत्र नम्बर ३ ख का प्रदेश सभा सदस्य समिरले प्रादेशिक अस्पताल कलैयाको पहिला देखि अहिले काम कर्वाहिमा सुधार भएको छ  तर थाईराईड जाच गर्ने मसिन भिडियो एक्सरे मसिन मात्रा थनकियर राखिएको अवस्थामा रहेको र कमिसनको लागि भिडियो एक्सरे बाहिरबाट गराउने कार्य भएको चेकजाँच गराउन ब्यक्तीहरुको गुनासो बढेकोमा त्यसता कार्यहरु रोक्नकालागी अस्पताल प्राशानलाई ध्यानाकर्षण गराउनु भएको थियो ।

त्यसता बहुमुल्य मसिनहरु अस्पतालमा चेकजाँच नहुदा असहाय गरिब बर्गका समुदायहरुलाई पीडा भैइरहेकोमा त्यस तर्फ ध्यान दिनका लागि मधेस प्रदेश सरकारका स्वास्थ मन्त्री बिरेन्द्र प्रसाद सिंहलाई समिरले ध्यानाकर्षण गराउनु भएको थियो।

 

भवनको उद्घाटन गर्नु अगाडि कार्यक्रमका प्रमुख अथिती तथा मधेस प्रदेश सरकारका स्वास्थ मन्त्री बिरेन्द्र प्रसाद सिंहले प्रादेशिक अस्पताल कलैयालाई ५० बेड्बाट १०० बेडमा स्तर उनती गर्नकालागि प्रदेश सरकारले प्रक्रिया अगाडि बढाएको बताउनु भयो।

ब्लड बैंकको शिन्यास मन्त्री सिंह बैधिक मन्त्र द्वारा गरेका थिए ।उक्त भवन छाया नेपाल नामक संस्थाको ८० ./. प्रतिशत र प्रादेशिक अस्पताल कलैयाको २०./. प्रतिशत सहित कुल – १ करोड ८ लाख ४१ हजार ५ सय २३ रुपैयाँ रहेको प्रादेशिक अस्पताल कलैयाका सूचना अधिकारी प्रेम पन्डितले जानकारी गराएका छन ।

भवन आर्थिक बर्ष ०८०/०८१ को ६ महिना सम्ममा समपन्न हुने छाया नेपालका ईन्जिनियर आशिष् सिंहले जानकारी गरायका छन।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, छाया नेपालका कार्यकारी निर्देशक कमल थापा, स्वास्थ कार्यालय बाराका प्रमुख रामनरेश यादव ,ईमर्जेन्सी फाटका प्रमुख प्रदीप यादव, स्टोरका रमेश यादव ,सामाजिक एकाईका अनिल प्रसाद चौरसिया, एक्सरे फाट्का रतनाकर चौधरी ब्यलका फुल महम्मद लगायत विभिन्न राजनीति दलका प्रतिनिधि र सञ्चार कर्मिहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस