आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमद्वारा राजीनामा

एपी खबर २०८० श्रावण १६, मंगलबार (९ महिना अघि) ७५ पाठक संख्या

काठमाडौं- कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउन गरेको हस्ताक्षरलाई वैधानिकता सर्वोच्च अदालतले आदेश दिएपछि विवादमा परेका उनले पदबाट राजीनामा दिएका हुन् ।

 

एमाले हिक्मत कार्कीले मुख्यमन्त्रीमा विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री पदमा दाबी गर्न प्रदेशसभा प्रमुख परशुराम खापुङले आह्वान गरे ।सो क्रममा कांग्रेसका थापालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दा सभामुख गौतमले हस्ताक्षर गरे । सोविरुद्ध एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की सर्वोच्च अदालत पुगेका थिए ।उनको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सरकार बनाउन सभामुखको हस्ताक्षरलाई वैधता नदिएपछि थापाको सरकार नै ढलेका थियो ।

प्रतिक्रिया दिनुहोस