आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वरिष्ठ प्रहरी नायब निरिक्षक यादवको पालामा ईलाका प्रहरी कार्यालय छतवाको मुहार फेरिदै

अखिलेश कुमार यादव २०८० भाद्र २०, बुधबार (८ महिना अघि) १५८ पाठक संख्या

बारा : बारा जिल्लाको ईलाका प्रहरी कार्यालय छतवाको मुहार फेरिन थालेको छ।वरिष्ठ प्रहरी नायब निरिक्षक श्यामबाबु यादवले कार्यालय प्रमुख जिम्मेवारी सम्हाले देखि नै छतवा प्रहरीको मुहान फेरिएको स्थानियहरुले बताएको छ।

वरिष्ठ प्रहरी नायब निरिक्षक श्यामबाबु यादवले आफ्नो कार्यकालमा ईलाका प्रहरी कार्यालय छतवामा प्रतिक्षालय देखि अन्य भौतिक सरक्षनाले चौकिको मुहान फेर्न सफल हुनु भएको छ।मंगलबार एक कार्यक्रमको बिच बारा जिल्लाका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले नवनिर्मित प्रतिक्षालयको उद्घाटन गर्नु भएको छ।ईलाका प्रहरी कार्यालय छतवामा काम लागि आउने स्थानियहरुलाई बस्नको लागि ठाँउ नरहेको देखे पछि कार्यालय प्रमुख यादवले स्थानिय,जनप्रतिनिधिको आर्थिक सहयोग उक्त प्रतिक्षालय उद्घाटन गर्न सफल हुनु भएकोमा प्रहरी उपरिक्षक बोगटीले कार्यालय प्रमुख श्यामबाबु यादवलाई धन्यवाद ज्ञापन गर्नु भयो।

बि.स २०३५ सालमा स्थापना भएको ईलाका प्रहरी कार्यालय छतवामा अहिले भवनको अवस्था जिर्न भएकोले त्यहाँ कार्यरत रहेका प्रहरिहरुलाई पानी परे पछि बस्न समस्या समेत हुने गरेको छ।

 

माओवादीको द्वन्द्व कालमा ईलाका प्रहरी कार्यालय छतवाको भवन जिर्न बनेको थियो ।वरिष्ठ प्रहरी नायब निरिक्षक श्यामबाबू यादव कार्यालय प्रमुखको जिम्मेवारी सम्हाले देखीनै अहिले उक्त ईलाका प्रहरी कार्यालयको मुहार फेरिएको स्थानियहरुले बताएको छ।

 

प्रतिक्रिया दिनुहोस