आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चौथो हरपुर क्रिकेट च्याम्पियन्स ट्रफी सुरु,उद्घाटन खेलमा कलैया बिजय 

अखिलेश कुमार यादव २०८० फागुन २०, आईतबार (१ महिना अघि) ४९५ पाठक संख्या

बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका -२४ मा  चौथो जीतपुरसिमरा हरपुर क्रीकेट च्याम्पियन्स ट्रफी  सुरु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको  सहयोग र हरपुर क्रिकेट कल्बको आयोजनामा सुरु भएको टी– २० क्रिकेट टुर्नामेन्टको एक कार्यक्रमकाबीच जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलले बलिङ गर्दै उद्घाटन गरेका छन् ।

 

उद्घाटन गर्दै नगरप्रमुख पौडेलले जीतपुरसिमरा उपमहानगरपालिकाले उपमहानगर भित्र दुई करोड ५४ लाख बजेट खेलकुदमा लगानी गरे पनि त्यो अनुकुल नतिजा नआएको बताए । उनले भने हामिले करिब कुल बजेट को १.५० प्रतिशत बजेत खेलकुदमा लगानी गरेपनि अहिले सम्म जीतपुरसिमरा उपमहानगरपालिका भित्रका कुनै पनि खेलाडीले राष्ट्रिय टिम सहभागी हुन सकेको छैन।त्यस्तै उद्घाटन कार्यक्रममा बोल्दै नगर उपप्रमुख भोला अधिकारीले हरपुर क्रीकेट मैदानको स्तरोन्नतिको लागि उपमहानगरले सहयोग गर्न तयार रहेको बताए । हरपुर क्रीकेट क्लबको अध्यक्ष सेराजुल अन्सारीको अध्यक्षतामा सुरु भएको प्रतियोगितामा जीतपुरसिमरा उपमहानगरपालिका वडा न २४ का वडाध्यक्ष सुल्तान अन्सारीले स्वागत मन्तव्य राखेको थियो।

उद्घाटन खेलमा कलैया क्रीकेट क्लब बिजय 

 

चौथो हरपुर क्रीकेट च्याम्पियन्स ट्रफीको उद्घाटन खेलमा कलैया क्रीकेट क्लब बाराले मकवानपुर क्रीकेट क्लब हेटौंडालाई ६ विकेटले पराजित गरेको छ।टस जितेर पहिला ब्याटिङ गरेको मकवानपुर क्रीकेट क्लब हेटौंडाले निर्धारित २० ओभरमा अल आउट हुँदै ११५ रन बनाएको थियो ।मकवानपुरको लागि गौरभ खडकाले सर्वाधिक ३५ बलमा ४८ रन बनाएको थियो ।

त्यस्तै मकवानपुरका सुवर्ण भट्ट अबिजित रहदै १४ रन बनाएको थियो ।कलैया क्रीकेट क्लबका शंकर पौडेलले ४ विकेट भुलावन सहनी २ विकेट लिएको थियो ।११६ रनको लक्ष्य पछ्याउँदै कलैया क्रीकेट क्लबले १८.२ ओभरमा ४ विकेटको क्षतिमा १२० रन बनाएर ६ विकेटले बिजय भएको हरपुर क्रीकेट क्लबका अध्यक्ष सेराजुल अन्सारीले बताए ।कलैया क्रीकेट क्लबको तर्फ बाट साहिले पटेल सर्वाधिक ५४ रनको योग्दान दिएको थियो।मैन अफ द मैछ कलैया क्रीकेट क्लबका खेलाडी शंकर पौडेल भएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको बिजेताले ५० हजार नगद र उपबिजेताले ३० हजार नगद पुरस्कार पाउने छ।यहि फागुन २० गते आईतवारबाट हुने । जितपुर सिमरा चौथो हरपुर क्रीकेट च्याम्पियनस ट्रफी २०८० ।चौथो जीतपुरसिमरा हरपुर क्रीकेट च्याम्पिन्स ट्रफीमा ,चितवन क्रीकेट क्लब चितवन , मकवानपुर क्रीकेट क्लब मकवानपुर , गरुडा क्रीकेट क्लब रौतहट , पर्सा क्रीकेट क्लब पर्सा , बारा क्रीकेट क्लब, हरपुर क्रीकेट क्लब हरपुर सहभागी छन।

प्रतिक्रिया दिनुहोस