आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ओली, प्रचण्ड र नेपाल शक्ति सञ्चय गर्न गुटगत भेलाको तयारीमा

एपी खबर २०७७ मंसिर १२, शुक्रबार (३ साल अघि) ५४४ पाठक संख्या

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल आआफ्नो शक्ति सञ्चयका लागि आन्तरिक भेला र प्रशिक्षण तयारीमा जुटेका छन् । नेपाल समूहले पूर्वएमाले र केही पूर्वमाओवादीलाई समेटेर भेला आयोजना गर्ने तयारी गरेको छ । दाहाल पूर्वमाओवादीलाई मिलाउने प्रयासमा छन् । ओली समूहले भने दुई चरण आन्तरिक भेला गर्ने तयारी गरेको छ ।

 

नेपाल समूहले धेरै अघिदेखि आन्तरिक भेलाको तयारी गरको भए पनि केन्द्रीय कमिटी बैठक नजिक आएकाले त्यसलाई रोकेको छ । तर केन्द्रीय सदस्यहरूसँग समन्वय तथा छलफल भने भइरहेको स्रोतले जनाएको छ । ‘आन्तरिक रूपमा कुराकानी भइरहेको छ । पार्टीका बैठकहरू नियमित नहुँदा समस्या आउने र जनप्रतिनिधिहरूबीच पनि समन्वय अभाव हुने भएकाले छलफल र भेटघाट सामान्यजस्तै बनेको छ,’ नेपाल समूहका एक नेताले भने ।

 

कतिपय नेताहरूले दुई दिनअघि वरिष्ठ नेता नेपाल पर्सा पुग्नुलाई पनि गुटगत भेलाको तयारीका रूपमा अथ्र्याएका छन् । नेता नेपालले आफ्ना कुरा र विषय सुनुवाइ नभए देशव्यापी रूपमा कार्यकर्तामाझ जाने बताउँदै आएका छन् । सचिवालय बैठक वा अन्य सन्दर्भमा पनि नेपालले पार्टी विधिपद्धतिअनुसार सञ्चालन नभएको, आफ्नो समूहलाई पेलेको जस्ता मुद्दा लिएर कार्यकर्तामाझ जाने बताउँदै आएका छन् ।

 

६ दिनअघि स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले चितवनको राप्ती नगर कमिटीमा गरेको सम्बोधनलाई ओली समूहले गुट भेला आयोजना गरेको भनी आरोप लगाएको छ । त्यहाँ ओली पक्षका केही कार्यकर्ताले पाण्डेमाथि दुव्र्यवहारसमेत गरेका थिए । त्यस्तै पोखरा पुगेका पाण्डेमाथि त्यहाँ आफूनिकट कार्यकर्तासँग मात्र भेटघाट गरेको आरोप लगाइएको छ ।

 

केही दिनअघि पार्टी उपाध्यक्ष वामदेव गौतम दाङ पुगेका थिए । निजी तथा पारिवारिक काममा दाङ गएका गौतममाथि ओली समूहले गुट भेला गरेको आरोप लगाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस